SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/२४ गते
    ७६७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । कोरोना अस्पतालमा चोरी भएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आन्तरिकरूपमा कर्मचारी परिचालन गरी अनुसन्धानको कामलाई अघि बढाइएको छ । टोलीले अनुसन्धानको काम शुरु गरिसकेको र केही दिनमा नतिजा आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अनुसन्धानको काम भइरहेको छ, यो सकिएलगत्तै कमजोरी पाइएमा कानूनी प्रक्रिया अगाडि बढ्छ ।”

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    केही समयअघि मात्रै भरतपुर महानगरपालिका—१० मा स्थापना गरिएको कोरोना विशेष (अस्थायी) अस्पतालको सामान कर्मचारीले पोको पार्दै गरेको भिडियो राखेर समाचार बाहिर आएको थियो । त्यसलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोना अस्पतालका आवश्यक कागजपत्र नियन्त्रणमा लिएको थियो । कर्मचारीले ती सामग्री भरतपुर महानगरपालिकाले लगेको जनाउँदै आएका छन् । तर रातको समयमा पोको पारेर बाहिर लगिएपछि उनीहरुको नियतमाथि प्रश्न उठाउँदै छानबिनको माग गरिँदै आएको छ ।

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस चितवनले अस्पतालमा भएको अनियमितता र चोरीको विषयमा कारवाही गर्न माग गर्दै आन्दोलन गरिरहेको छ । भरतपुर महानगरपालिकाको अगुवाइमा कोरोना आशङ्का भएका बिरामीलाई उपचारका लागि चैत ७ गते सो अस्पताल स्थापना गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं