SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/१२ गते
    ६४९ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु,  । कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित बुद्ध ज्योति इंग्लिस बोर्डिङ स्कुलका प्राचार्य, कपिलवस्तु नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले लकडाउनका कारण देशको कुनै पनि स्थानमा फसेका कपिलवस्तुबासीलाई जिल्लामा ल्याउनका लागि लाग्ने सबै खर्च ब्यहोर्ने घोषणा गरेका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कोरोना भाइरस नियन्त्रणका लागि मुलकमा जारी लकडाउनका कारण देशका बिभिन्न स्थानमा रहेका मजदुरहरु मर्कामा परिरहेका बेला उनले देशको जुनसुकै ठाउँमा फसेका र जिल्ला आउन चाहनेका लागि चाहिने साधन, खानपिन लगायतका सबै खर्च उपलब्ध गराउने उनले बताए ।

    फसेका यात्रुहरुलाई घरसम्म ल्याउन बोर्डिङ स्कुलको बस लगायतका सवारी साधान समेत प्रयोग गर्न दिने उनले बताए । ‘लकडाउनका मुलकका बिभिन्न स्थानमा रहेका मजदुरहरु फसेका छन, यस्तोमा देशका बिभिन्न स्थानमा रहेका कपिलवस्तुका नागरिक जिल्लामा आउन चाहे त्यसका लागि पहल सहित लाग्ने सबै खर्च उपलब्ध गराउँछु’ उनले भने ।

    कपिलवस्तुका मानिस कहाँ कति जना लकडाउनले आउँन पाएका छैनन त्यसबारे मलाई थाहा छैन तर आउन चाहनेलाई घरसम्म पुर्याउने ब्यवस्था मिलाउने उनले बताए । फसेकालाई घर ल्याउन प्रशासन, प्रदेश र स्थानीय पालिकासंग समन्वय गर्ने उनले बताए ।

    लकडाउनका कारण बिभिन्न स्थानमा फसेर पैदल हिडिरहेको दृश्यले आफुलाई निकै दुःखी तुल्याएको भन्दै सडकमा फसेकाहरुलाई सरकारले घर पुर्याउने ब्यवस्था मिलाउनु पर्ने उनले माग गरे । फसेर घर आउन चाहनेहरुको बिषयमा आफुलाई जानकारी गराउन उनले आग्रह गरे । उनले जानकारीका लागि ९८६७२२५४२२ र ९८४७२१२१५५मा संपर्क गर्न अपील गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं