SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/१२ गते
    ८५५ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, कपिलवस्तु ।
    कोरोना भाइरस संक्रमण फैलिन नदिइ मुस्लिम समुदायका अगुवाहरु घरमै बसेर धार्मिक कार्य गर्न अपिल गरेका छन् ।रमजानको पूर्व सन्ध्यामा कपिलवस्तुका मुस्लिम समुदायका अगुवाहरुले हरेक शुक्रबार पढिने जुमाको नमाज दिनको पाँच पटक नमाज र रमजान महिनामा पढिने तराविह नमाज समेत घरमै पढन राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अल्कुफीले अग्रह गर्दै देश विदेशमा रहेका नेपाली जनताहरुमा मुस्लिम धर्मावलम्बीहरुको पवित्र रमजान महिनाको शुभकामना समेत दिएका छन् । इस्लाम धर्मको १४४१ हिजरी सम्बत को ९औं महिना रमजान महिना रहेको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यो महिनामा पूरै एक महिना रोजा राखीअल्लाहको इबादत मा लाग्नु पर्छ। इस्लाम धर्मानुसार सूर्यास्त पछि अर्को दिन लाग्छ त्यसै कारणले आज शुक्रबार दिन सूर्यास्त पछि रमजान महिना लाग्छ रमजान महिनामा तराबिह नमाजको लागि मुस्लिम समुदाय ठूलो संख्यामा आफ्नो आफ्नो ठाउमा रहेका मस्जिदहरु मा एकत्रित भइ तराबिह नमाज अदा गर्दै आएका थिए। तर यो बर्ष विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरस को त्रास र नेपाल सरकारले देश भरिमा लगाएको लाकडाउन को कारणले मस्जिदहरुमा ठूलो संख्यामा तराबिह नमाज हुदैन ।

    यो पाली सबै आ–आफ्नो घरमा सबै नमाज पढने काम गरौ नेपाल सरकारले आज को दिनमा लाकडाउन गरेको छ भने त्यो नेपालि जनताको हक हितको लागि गरेको छ। सरकारले गरेको निर्णयको सम्मान गर्दै पूर्णरुपमा निर्देशनको पालना गर्नाको लागि सबैमा अग्रह गर्नाको साथसाथै प्रदेश नं. ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले पनि देश विदेशमा रहनुभएको नेपाली दिदी बहिनी दाजुभाइहरुमा पवित्र रमजान महिनाको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं