
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
आउँदो जुलाई महिनाको अन्त्यसम्ममा ४० देखि ५० करोड भारतीयमा कोरोना संक्रमण हुने अनुमान गरिएको छ। संक्रमण हुनेमध्ये धेरैलाई पहिलो चरणमा कुनै लक्षण नदेखिने र एकैपटक मध्यचरणमा मात्रै जटिल लक्षणहरु देखिने न्युयोर्क टाइम्समा प्रकाशित एक लेखमा दाबी गरिएको हो। भारतको सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा. रामानन लक्ष्मीनारायणको सो लेखमा संक्रमण परीक्षणका लागि भारतसँग अत्यावश्यक, पहुँचयोग्य र सजिलै उपलब्ध हुने परीक्षण केन्द्रहरु आवश्यक रहेको र यो व्यवस्था गर्न मात्रै तीनसाता बाँकी रहेको उल्लेख छ।
गत मंगलबार बिहानै प्रधानमन्त्री नरेन्द्र मोदीले १ अर्ब ३० करोड भारतीयहरुलाई २१ दिनसम्म घरबाहिर निस्कने कुरा बिर्सन आग्रह गरेका थिए। कोरोना संक्रमण फैलँदै गएपछि भारतमा २१ दिन लामो लकडाउन लगाइएको छ। तर, नयाँदिल्लीकै व्यापारिक केन्द्रहरुमा कोरोना संक्रमण आमन्त्रण गर्नेगरी मानिसहरु घुइँचो लागिरहेका छन्।
भारतमा जनवरी ३० तारिखमा कोरोनाबाट संक्रमित पहिलो व्यक्ति भेटिएका थिए। लगत्तै भारतले विमानस्थलमा यात्रुहरुको स्क्रिनिङ थालेको थियो। तर संक्रमित नै भएपनि केही दिनसम्म कुनै लक्षण नदेखिने भएकाले दैनिक ८० हजार मानिसहरु सजिलै विमानस्थलबाट सर्वसाधारणको पहुँचमा पुगेका थिए।
ती मानिसहरुमध्ये अधिकांश कोरोनाले ग्रस्त बनाएको युरोप र खाडी मुलुकहरुबाट गएको बताइएको छ। भारतमा करोडौं मानिसहरु एक अर्कोसँग भौतिक रुपमा निकट भएर बस्ने गर्छन्। निकै घना झोपडपट्टीहरुमा स्वास्थ्य अवस्था निकै गएगुज्रेको छ। त्यसैले अहिलेसम्म त्यहाँ कति मानिसमा कोरोना संक्रमण फैलियो र कति मानिसले यसको पत्तो पाएका छन् भन्ने नै खुलेको छैन।
महामारीविज्ञ रामानन लक्ष्मीनारायण लेख्छन्, ‘विकसित अन्य देशहरुको अवस्थासँग तुलना गर्दा भारतमा विनाशकारी अवस्था आउने पक्कापक्की देखिन्छ। उच्च रक्तचापका बिरामीलाई पनि कोरोना संक्रमणको प्रभाव निकै बढी हुने चीनमा गरिएका अध्ययनहरुले देखाएको छ।
भारतमा हरेक १० जनामध्ये एकजना मानिसमा उच्चरक्तचापको समस्या छ। चीनमा बच्चाहरुमा यो संक्रमण कम देखिएको छ, तर भारतमा कुपोषणले ग्रस्त करोडौं बच्चाहरु छन्, जसलाई यो संक्रमणले छिट्टै टप्काउन सक्छ।’ क्षयरोगीहरुको संख्या उच्च रहनु, निमोनिया, धुवाँ र वायु गुणस्तरको कमजोर अवस्था कुनै पनि हालतमा स्वासप्रस्वाससम्बन्धी रोग नियन्त्रण गर्न सघाउने खालको छैन।
अब भारतमा तातो मौसम शुरु हुने हुनाले संक्रमण नियन्त्रणमा आउने भनिएको छ, तर अहिलेसम्म कोरोना जिवाणु तातोमा नफैलने भन्ने प्रमाणित हुन सकेको छैन। भारतमा १ लाखभन्दा पनि कम आइसीयु शय्या छन्। भेन्टिलेटरको संख्या मुस्किलले २० हजार जति छ। यी मध्ये पनि धेरैजसो त ठूला शहरहरुमा केन्द्रित राखिएका छन्।
भारतमा कोरोनाको सुनामी आउँदैछ, लड्न तयार भएर बस्नु : विशेषज्ञ
स्वास्थ्य विशेषज्ञहरुले भारतमा कोरोना भाइरसको सुनामी (आँधी) आउने निश्चितजस्तै रहेकाले यसविरुद्ध लड्ने तयारी पूरा गर्न सरकारलाई सुझाएका छन्। भारतको सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा. रामानन लक्ष्मीनारायणले बीबीसीसँग कुरा गर्दै भनेका छन्, ‘भारत कोरोना भाइरसको सुनामीसँग लड्न तयार भएर बस्नुपर्छ, यसमा कुनै सन्देह छैन कि भारतमा कोरोना संक्रमण अझै द्रुत गतिमा बढ्नेछ।’
डा. रामानननले विश्वका अन्य मुलुकको तुलनामा भारतमा कोरोना संक्रमणको असर कम हुने कुनै संकेत नमिलेको समेत उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘बाँकी देशको तुलनामा यहाँ केही कम संक्रमण र क्षति देखिएको छ, तर स्पेन र चीनजस्ता मुलुकमा जसरी ठूलो संख्यामा मानिसहरु संक्रमणको चपेटामा आए, यहाँ त्यस्तै हालत बन्ने जोखिम छ, हामीले कोरोनाको सुनामीसँग जुध्न तयार भएर बस्नैपर्छ।’
झण्डै १ अर्ब ३८ करोड जनसंख्या रहेको र स्वास्थ्य सजगतामा निकै कमजोर मानिने भारतमा सरकारी तयारीले मात्रै संक्रमण रोकथाम हुने सम्भावना छैन। विकसित मानिने देशहरुमा समेत कोरोनाका कारण सैयौं व्यक्तिहरुले ज्यान गुमाइसकेका छन्। विश्वभर कोरोनाको फैलावटलाई विश्लेषण गर्दा अब भारत नै कोरोना भाइरसको ठूलो शिकार हुने विशेषज्ञहरुले बताइरहेका छन्। श्रोत थाहा खबर


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया