SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/८ गते
    ३७३८ &#२३४६;&#२३३५;&#२३२५;

    चिनियाँ जनमुक्ति सेना कोरोनाभाइरसविरुद्धको खोप बनाउन सफल भएको छ । जनमुक्ति सेनाले तयार गरेको खोप मानिसमा परीक्षणको अनुमती पाएसँगै सफल पाएसँगै चीन सरकारले अनुमति पनि दिएको छ । औषधि नपाएर पूरै विश्व आक्रान्त भइरहेको छ । दिनदिनै मानिसहरु ज्यान गुमाउन बाध्य छन् । सुरु भएको कोरोनाभाइरस युरोप हुँदै अहिले अमेरिकालाई केन्द्र बनाएर संसरभर फैलिरहेको छ । अहिलेसम्म कुनै पनि देशले पनि औषधि तयार पार्न नसक्दा मानिसहरु निरास हुँदै गइरहेका थिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।
    चिनियाँ जनमुक्ति सेनाले मानिसमा सफल परीक्षण गरेको खबरले पूरै विश्वको मान्छेमा बाच्ने आशाको किरण पलाएको छ । आइतबार खोप परीक्षणको अनुमति दिइएको थियो । योसँगै खोपको परीक्षण गरेको फोटो सार्वजनिक भएसँगै विश्वभर खुशीयाली छाएको छ । खोपको जनमुक्ति सेनाकी सबैभन्दा बरिष्ठ वैज्ञानिक चेन वी र उनको टिमले विकास गरेको हो ।

    कोरोनासँग लड्दै चिनियाँ जनमुक्ति सेनाले गएको १७ मार्चदेखि कोरोनाविरुद्धको खोपको क्लिनिकल ट्रायल सुरु गरिएको थियो । परीक्षण लगत्तै सकारात्मक रिपोर्ट आएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

    चीनले भ्याक्सिनको क्लिीनिकल ट्रायलको लागि १०८ स्वयंसेवकलाई छानेको थियो । यो परीक्षणका लागि छानिएका स्वयंसेवकमध्ये १४ जनाले खोपको परीक्षण अवधि पूरा गरिसकेका छन् । १४ दिनसम्म क्वारेन्टाइनमा राखिएपछि उनीहरुलाई आ–आफ्नो घर पठाइसकिएको चिनियाँ संचामाध्यमहरुले बताएका छन् ।

    पहिलो परीक्षण चिनको वुहाना गरिएको हो । खोपले अनुमति पाउनुभन्दा पहिले मार्च २२ मा कोरोनाविरुद्धको खोप परीक्षणका लागि ४ हजार ६ सय ६७ स्वयंसेवकले नाम दर्ता गराएका थिए । तीमध्ये १ सय ८ जनालाई परीक्षणमा सामेल गराइएको स्थानीय संचारमाध्यमहरुले बताएका छन् ।

    परीक्षणमा सामेल गरिएका १ सय ८ जनालाई तीन समूहमा विभाजन गरि क्वारेन्टाइनमा राखिएको थियो । तीन समूहमध्ये एउटा समूहलाई खोपको सामान्य डोज दिइएको छ भने अर्को समूहलाई मध्यम डोज दिइएको छ । यस्तै तेस्रो समूहलाई भने हेभी डोजमा खोप दिएर परीक्षण गरिएको अधिकारीहरुको भनाइ छ ।

    परीक्षणमा १८ देखि ६० वर्ष उमेर समूहका मानिसलाई सहभागी गराइएको छ । खोपको परीक्षण गरिएका कोरोना संक्रमितहरु सन्चो भएर घर फर्किसकेका छन् । उनीहरुलाई अझै पनि मेडिकल निगरानीमै राखिएको छ ।

    परीक्षण गर्नका लागि छानिएका १०८ स्वयंसेवकहरु १८ वर्षदेखि ६० वर्ष उमेर समूहका छन् । यी सबैलाई तीन समूहमा बाँडिएको छ । तीनै समूहका स्वयेंवकहरुलाई खोपको फरकफरक मात्रा दिइएको छ । यी सबैलाई वुहान स्पेसल सर्भिस हेल्थ सेन्टरमा क्वारेन्टाइनमा राखिएको छ ।

    यी सबैलाई फरक फरक दिन खोप दिइएकोले क्वोन्टाइन समय पूरा हुँदासम्म त्यहीँ बस्नुपर्नेछ र क्वारेन्टाइन अवधि पूरा भएपछि घर जान पाउनेछन् । आगामी केही हप्तामा सबै १०८ जना नै घर जान पाउनेछन् । क्वारेन्टाइन अवधि पूरा गरेर घर गइसकेका १४ जनालाई अझै ६ महिनासम्म मेडिकल निगरानीमा राखिनेछ । हरेक दिन उनीहरुको मेडिकल टेस्ट हुनेछ । यो ६ महिनामा यदि उनीहरुको शरीरमा कोरोनाभाइरसको संक्रमण भएमा उनीहरुको शरीरले कसरी प्रतिक्रिया दिन्छ भन्ने हेरिनेछ ।

    जब उनीहरुको शरीरमा कोरोनाभाइरससँग लड्ने क्षमता विकास हुनेछ अर्थात उनीहरुको शरीरमा भाइरससँग लड्ने एन्टिबडी बन्न थाल्नेछ त्यसपछि उनीहरुको रगतको नमूना लिएर भ्याक्सिनलाई बजारमा पठाइनेछ । वैज्ञानिक चेन वीका अनुसार पहिलो परीक्षण लगभग सफल भएको छ । उनले यो खोपको क्षमता पूर्ण रुपमा थाहा भएपछि अन्तर्राष्ट्रिय स्तरमा सम्झौता गरेर विश्वभर पठाउने बताइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं