
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
किशोर पन्थी: अमेरिकाको न्युजर्सीमा बस्दै आएका धादिङका मानछिरिङ तामाङले आफूले कोरोना विरुद्ध लडेर नयाँ जीवन पाएको बताएका छन् । उनले नेपालमा हुने ७८ बर्षकी आमालाई आफू पूर्णरुपमा निको भएको सन्देश पठाएका छन् । ‘मलाई कोरोना संक्रमण भएदेखि नेपालमा रहनुभएकी ७८ बर्षकी बृद्ध आमाले निकै चिन्ता गर्नुभयो । हरेक दिन फोन गर्नुहुन्थ्यो । तर मैले आमालाई दिने जवाफ नभएका कारण कैयन दिन फोन उठाउने हिम्मत पनि गरिन । मैले फोन नउठाउँदा आमालाई झन् कति पिर परे होला ।’ – आफू कोरोना संक्रमणका कारण थलिएको बेलाको अनुभव सुनाउँदै तामाङले भने ।
‘आमा अहिले म पूर्ण रुपमा निको भएको छु । अब चिन्ता नलिनुहोला ।’ – उनले भने । तामाङकी ७८ बर्षकी आमा, ७५ बर्षका बुबा, १६ बर्षको छोरा, २० बर्षकी छोरी र श्रीमति नेपालमा छन् । उनले आफ्नो परिवारलाई भेट्न नेपाल जानका लागि टिकट समेत काटिसकेका थिए । तर कोरोनाको महामारी फैलिएसँगै अन्तर्राष्ट्रिय उडानहरु रद्द भएका कारण उनी नेपाल जान पाएनन् ।उनले भने – ‘मैले फरबरीमा नै नेपाल जानका लागि टिकट लिएको थिएँ । अप्रिल ४ को टिकट थियो । तर अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका कारण नेपाल जान पाइन । मार्च २२ मा म अचानक बिरामी भएँ ।’
न्युजर्सीको रेष्टेरेण्टमा समेत काम गर्दै आएका तामाङ नेपाली संचारकर्मी समेत हुन् । उनी आफूलाई रेष्टुरेण्टमा नै काम गर्ने क्रममा कोरोना संक्रमण भएको अनुमान गर्छन् । तर कहाबाट कसरी संक्रमण भयो भन्ने पुष्टी भने भएको छैन ।नियमित काममा गइरहेका उनलाई मार्च २२ आइतबार एक्कासी मलाई रुघाखोकीले च्याप्यो । साथसाथै टाउको दुःख्ने र पुरा शरीर नै दुख्ने हुन लाग्यो । उनी भन्छन् – ‘मलाई स्वासप्रश्वासमा कुनै समस्या भएन । तर रुघाखोकी ज्वरो, ज्यान दुख्ने र रिंगटा लाग्ने यति भयो कि मैले अहिले बताउन सक्दिन ।’
रुघाखोकीले च्यापेपछि सुरुमा उने न्यूयोर्कमा रहेका बहिनीज्वाईलाई जानकारी गराए । मार्च २४ मा उनका बहिनीज्वाई न्युजर्सी आएर उनलाई न्युयोर्क ल्याए । न्युयोर्क आएपछि झन उनलाई ज्वरो बढ्न थाल्यो । ज्वरो चेक गर्दा १०२ डिग्री पुगिसकेको थियो । उनले स्वाद लिने शक्ति पनि गुमाए । उनलाई आफूलाई निकै कमजोर महसुस गरेका थिए ।उनी भन्छन् – ‘२६ तारिखका दिन ज्वाईले मलाई अर्जेन्ट केयरमा लगेर कोभिड १९ टेष्ट गराउनु भयो । तर त्यसको रिपार्ट आउन ढिला भयो । ज्वाईले मलाई धेरै सम्झाउनु भयो । सकारात्मक आत्मबल दिनु भयो । त्यसपछि २७ तारिखका दिनदेखि अर्का एकजना साथीको अपार्टमेन्टमा सेल्फ क्वारेन्टाइनका लागि सरें । त्यहाँ मलाई एकजना बहिनीले हरेक दिन खानेकुरादेखि सबै कुरा धेरै सहयोग गर्नु भयो ।’
मार्चको अन्तिमसाता उनका लागि निकै कष्टकर भयो । परिवारदेखि टाढा हुँदाको पीडा उनले पहिलोपटक सबैभन्दा धेरै अनुभव गरे । उनले बारम्बार नेपालमा रहेको घरपरिवार सम्झिए । एकातिर घरपरिवार निकै चिन्तित थिए, अर्कोतर्फ बिरामी भएको बेला आत्मबल उच्च राख्नुपर्ने थियो ।उनले ज्वरो आउँदा टाइलोनोल लिए भने अरुबेला दिनभरजसो नै मह, लसुन र अदुवा हालेर तातोपानी पिए । त्यो बाहेक उनलाई अरु औषधी लिनु परेन । त्यसपछि बिस्तारै रुघाखोकी र ज्वरो ठीक हुन गयो । खाना खानपनि मन लाग्न थाल्यो ।
उनी सम्पूर्ण रुपमा निको भएको अनुभव गरेका थिए । तर अप्रिल १३ मा झण्डै १५ दिनपछि उनको कोभिड टेस्टको रिपोर्ट आयो । उनमा कोरोना भाइरस पोजेटिभ देखियो । यद्यपी यो परिणाम उनका लागि अनपेक्षित नभएकाले उनी बिचलित भने भएनन् । तर कोरोना संक्रमण पोजेटिभ देखिएपछि आफू आइसोलेसनमा बस्दै आएको साथीको अपार्टमेन्ट छाडेर उनी मोटलमा बस्न थालेका छन् ।
उनी भन्छन् – ‘कोभिड १९ पोजेटिभ भएको नतिजा मलाई सुनाउँदा साह्रै दुःख लाग्यो । आफुलाइ सम्हालें । आत्मबल उच्च बनाएँ । कोरोना संक्रमण भएपछि आत्मबल उच्च बनायो भने कोरोनालाई जीत्न सकिने रहेछ । तर आत्मबल कमजोर भयो भने कोरोनाले जित्न बेर नलगाउने रहेछ । सबैकुरा नर्मल रुपमा लिनुपर्ने रहेछ ।’उनी भन्छन् – ‘म धादिङको सेर्तुङजस्तो विकट स्थानमा जन्मेर संघर्ष गर्दै आएको मान्छे । जीवनमा यति धेरै संघर्ष गरेको मान्छेलाई पनि कोरोनाले केहीबेर आत्मबल कमजोर बनायो । तर साथीहरु र आफन्तले मेरो आत्मबल बढाइरहनुभयो । अहिले म सम्पूर्ण रुपमा नै निको भइसकेको छु ।’
‘विरामी भएको २८ दिन पुरा भएको छ । यतिखेर मलाई कोरोना भारसदेखि बाँचेर नयाँ जीवन पाएको अनुभूति भएको छ । यसका लागि मलाई सहयोग गर्ने सबैप्रति जीवनभरि ऋणी हुनेछु । तपाईहरुले यस्तो जटिल परिस्थितिमा पनि मलाई सहयोग गर्नु भएकोमा ह्रदयदेखि आभार प्रकट गर्दछु । कोभिड १९ महामारीबाट बच्न हेलचक्र्याईं नगरी सचेत रहेन सबैलाई अनुरोध गर्दछु ।’ – मानछिरिङ तामाङले अनुरोध गरे ।-खसोखासबाट


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया