
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
मेखलाल श्रेष्ठ आज संसार भर कोरोनाको कहर उत्कर्षमा छ। २१ लाख भन्दा बढी संक्रमितमध्ये १ लाख ३६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। २ लाख १३ हजार भन्दा बढी अझै पनि यो रोगसँग लडिरहेका छन्। मृत्यु भएका मध्येपनि ७० प्रतिशतभन्दा बढी सुविधा सम्पन्न स्वास्थ्य सेवा भएका अमेरिका र पश्चिम युरोपका बढी छन्। यो तथ्यांकले यो महामारीको अगाडि मानव जातिको निरीहता प्रदर्शित गरेको छ।यस सन्दर्भमा नेपालको तथ्यांकलाई हेर्दा १६ जना संक्रमित रहेको र १ जना उपचारपछि ठिक भएका छन्। नेपालमा मानव प्राण अझै पनि सुरक्षित रहेको छ।
कोरोनाबाट संक्रमित १६ मध्ये १४ जना विदेशमा संक्रमित भएर नेपाल फर्किएकाले चिन्ता कम थियो। तर नेपालमै रहेकामा पनि कोरोना संक्रमण फेला परेपछि कोरोना संक्रमण चिन्ताजनक दोस्रो चरणमा प्रवेश गरेको छ।कोरोना भाइरसले चीनको वुहानमा कहर मच्याउँदै कोरिया, हङकङ, सिंगापुर, इटली, स्पेन हुँदै अमेरिकाको यात्रा गर्दासम्म हामीसँग यो महामारी विरुद्धको तयारीको लागि बहुमूल्य ८२ दिन थियो, जसलाई हामीले निरर्थक र नकारात्मक कार्यमा खर्च गर्यौं।
येहि समयमा सरकार यति होल्डिङ्सको राष्ट्रिय सम्पत्ति कब्जा गर्ने महाअभियान, प्रधानमन्त्रीज्यूको विलासीपूर्ण जन्मदिन कार्यक्रम, सञ्चारमन्त्रीको ७० करोड घुस मागेको अडियोेका कारण नैतिकताका आधारमा दिइएको राजीनामा, सभामुख चयनमा दुई पाइलटबीचको संघर्षमा बन्धक बनेको संघीय संसद, संविधान संशोधन, राष्ट्रियसभामा बामदेव गौतमको सिफारिस, प्रधानमन्त्री अस्वस्थ र यस्तै यस्तै विषयको वहसको सेरोफेरोमा अमूल्य दिनहरु दुरुपयोग भए।
नेपालमा स्वास्थ्य सामाग्री ल्याउने सवालमा पनि सरकारको धेरै कमजोरीहरु देखिदै आयो सरकारले ल्याएका समानहरुमा गुणस्तर नभएको समान ल्याउने कम्पनी छनौट गर्दा ठुलो अनिमियतता भएको भन्ने जाता ततै बिरोध भए पछि टेन्डर नै रद्द गर्नु परेको र नेपाली सेना मार्फत चाडो भन्दा चाडो समान उपलब्ध गराउने भनेतापनि हाल सम्म समान ल्याउ असमर्थ यो सरकार संक्रमित ब्यक्ति र उसको नजिकमा रहेक ब्याक्तीहरुमा परिक्षणको मात्रा बढाउन नसकि रहेको अवस्थामा यसैलाइ केन्द्रबिन्दु बनाएर जनताको स्वास्थ्यसित खेलवाड नगर्नुपर्ने सरकार बेला न कुबेला राजनीति नियुक्त र सरुवा बढुवामा अल्झेको देख्दा यो सरकारको नियत साचै नै नेपाली जनता प्रती उत्तरदायी छैन कि भन्ने मलाई लागेको छ। त्यसैले म यो सरकारलाइ आवहान गर्न चाहन्छु । अहिलेको बेला भनेको यो महामारी बाट मुक्ति दिलाइ नेपाल र नेपालीलाइ यि कुराहरुलाइ सुधारेर नेपाललाइ अग्रगतिमा लग्न सकिन्छ भन्ने मनसायले तलका विषय वस्तुलाइ प्रस्ट पार्न खोजेको छु।
हाल सम्म नेपालमा कुनै पनि बस्तुमा आत्म निर्भर भएको छैन हाल आएर सिमेन्ट, कुखुराको मासु, अन्डा , केरा जस्ता केहि वस्तुमा मात्र आत्म निर्भर छ। त्यसैको प्रभाव विभिन्न शक्ति राष्ट्रहरुमा पनि आज सोच्न बाध्य हुदैछ यि सबै कुरामा सकभर आफै आत्म निर्भर बन्नुपर्दोरहेछ भन्ने कुरा आज विस्व जगतमानै एउटा वहसको विषय भएको पाइन्छ। यसै परिपक्ष्यमा नेपालले पनि हाम्रो पुर्खाहरुको उपदेशलाइ अनुसरण गर्दै आज हामी आफै आफुलाइ आवश्यक सबै वस्तुमा किन आत्म निर्भर हुन नसक्ने त भन्ने विषयमा सरकार र जनता सबै सचेत हुन जरुरी देखिन्छ। हो हाम्रो देशमा तेल ग्यास जस्ता वस्तुहरु उत्पादन नै हुन सक्दैन तर इ बस्तु अपरिहार्य पनि त होइन? जस्को विकल्पहरु हाम्रै देशमा विकास गर्न सकिन्छ । अझै मानव जिवनको लागी चाहिने गास, बास , कपासको लागी त हाम्रो देशमा नै सहजै उत्पादन गर्न सकिन्छ। यसमा कुनै कठिनाइ नै छैन खाली सरकारको सहजीकरण र नेपाली जनताको आत्म सक्तिलाइ प्रयोग गर्यो भने यो विषम परिस्थितिमा नेपाललाइ पर्न जाने आर्थिक क्षती र नेपाली जनताको बेरोजगारि सम्स्यामा पनि धेरै हद्सम्म समाधान गर्न सकिन्छ भन्ने मलाइ लाग्छ। हाम्रा पुर्खाले उत्पादन गरेको धान ,तोरि ,मसुरो, जस्ता उत्पादन त्यो समयमा निर्यात गरेका हामिले सुनेकै हौ। आज जुन विस्व आधुनिकीकरणमा गरिसकेको अवस्थमा नेपाली किसानहरुलाइ सरकारले आधुनिक बिउ, मल र औजार
औजार उपलब्ध गराउने, दक्ष प्राबिधिकहरुलाइ ब्यवस्थापन गर्ने सामुहिक खेतिको विकास गर्ने उत्पादित कृषी उपजहरुको भणडारण र बिक्री केन्द्रहरुको बिकास गरेर किसानलाइ आफ्नो उत्पादिन वस्तु बिक्रीको प्रबन्ध मिलाइ उपभोक्तालाइ सहज गुणस्तरीय सामानको ब्यवस्था गर्न सक्यो भने कालो बजारिको पनि अन्त्य हुने साथै आज सो महामारीलाइ परास्त गर्दै जादा भोली यो समाज र देशले नै नयाँ जिवन पाउने एउटा नविन बाटोको सुरुवात गर्न सक्यो भने हाम्रो पछिको पिडिहरुलाइ आज हामिले भोगेको र देखेको अवस्था बाट मुक्त हुने एउटा अमुल्य समय हो जस्तो मलाइ लाग्दछ।
यस्तो महामारी सदै सबै ठाउमा आउने होइन र नहोस पनि तर यस्तो अवस्थामा कसरी देश र जनतालाइ सहजै पार गराउन सकिन्छ भन्ने विषयमा पनि सरकार र सरकारवलाहरुको बिचमा गहन वहस गर्नुपर्ने देखिन्छ।
यसको लागि मेरो बिचारमा निम्न लिखित कुराहरु ध्यान दिनु पर्छ जस्तो लाग्छ।
१. स्टोरेज्को ब्यवस्था।
२. उद्दार र ब्यवस्थापनको लागी बिज्ञ समुहको गठान
३. जनतालाइ सहि र उत्तरदाइ भुमिका निर्वाह गर्न प्रसिक्षणको ब्यवस्था।
४. सम्पुर्ण सर्कारी निकाय विचको समन्भय र सहकार्य।
५. देशको अर्थ ब्यवस्था र सार्वभौम ब्यवस्थालाइ जोगाइराख्न कसरी जनताको जनजिवानलाइ सहज बनाउन सकिन्छ त्यस्मा पनि सरकारले क्रियाशिल देखाउन जरुरी छ।
देशलाइ आर्थिक अवस्थाबाट धरासाही हुन बाट जोगाउन आर्थिक प्यकेज ल्याउनु पर्दछ। अहिलेको अवस्थामा उधोग धन्दाहरु आफ्नै देशमा खोल्नको लागी सहज वातावरण र सहुलियत रिणको ब्यवस्था गर्न सकेको खन्डमा देशमै नयाँ नयाँ उधोगहरु खोल्न प्रोत्साहित मिल्ने छ जस बाट रोजगारिको संख्यामा बृद्दी हुनका साथै कच्चा पदार्थहरुको उत्पादन बढाउन समेत उत्साही भएर देशको अर्थतन्त्रमानै ठुलो राहत मिल्न सक्छ।
त्यस्तै अब देशको ७७ जिल्ला र ७५४ स्थानिय निकायमानै स्वास्थ्य सम्बन्धी उपकरण स्वास्थ्यकर्मी र स्वास्थ्य चौकिहरुको विकास गर्न ढिलाइ गर्न हुदैन यसले गर्दा आपत विपतमा सरकारलाइ काम गर्न सजिलो र सबै जनतालाइ आफ्नै ठाउमा बस्नको लागी प्रोत्साहित गर्दछ।
यो सरकारले अर्को गर्नु पर्ने जरुरी काम भनेको यसै अवस्थालाइ बुझेर हाम्रो २ छिमेकि देश सङ्गको खुला सिमानालाइ ब्यवस्थित गर्न पनि त्यतिनै जरुरी रहेछ। आज जत्तिनै सुरक्षा निकायहरुलाइ परिचालन गरे पनि रोक्न असफल प्राय भएको अवस्थामा त्यसलाइ संरचना नै निर्माण गर्ने कार्य गरेको खण्डमा पछि हुने अवैद धन्दा र सिमाना सुरक्षामा पनि सजिलो हुने देखिन्छ । यसबाट देशलाइ नै फाइदा पुग्छ भन्ने मलाइ लाग्छ जुन बेलामा जस्तो अवस्था आउछ त्यस्लाइ सिक्दै र बुझ्दै जादा देशले यस्ता परिआउने ठुला ठुला समस्या बाट मुक्त पाउने र देश र जनतालाइ मुक्ती दिलाउन सहज हुन्छ भन्ने मलाइ लाग्छ यो त्यही बेला हो।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया