SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/३ गते
    ९७८ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर ।
    कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ मा रहेका भारतीय तिर्थ यात्रीहरु मा मंगलवारका दिन राहत सामग्री वितरण गरियो।
    कोराना भाइरस विश्व भरमा महामारीको रुपमा फैलिएका कारणले नेपाल भारत लगायत अन्य देशहरुमा पनि लाकडाउन रहेको अवस्था छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेपाल भारतको सम्बन्ध रोटी बेटीको र मित्र राष्ट्र भारत उत्तर प्रदेश बलरामपुर जिल्लामा घर भएका ३६ जना तिर्थ यात्रीहरु नेपालको त्रिवेणी धाममा तिर्थ यात्रामा आएका थिए यात्रा पूरा गरि आफ्नो देशमा फर्कने क्रममा कोरोना भाइरसको त्रासको कारणले नेपाल भारत दुबै देशमा लाकडाउन भइ सीमा नाकाहरु समेत सिल भएको कारणले तिर्थ यात्रीहरु कपिलवस्तुको कृष्णनगर नगरपालिका को वडा नं१ सेमरा मा दुइ हप्ता देखि फसेका छन।

    उक्त बिषयको जानकारी प्रदेश नं.५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले पाउन साथ आफ्नो सहयोगी राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी,हेरा शैक्षिक तथा मानवीय सेवा समाज का महासचिव शैख जैस मक्की, सम्बन्धित वडा अध्यक्ष टुंग नाथ चौधरी र पत्रकार हरुको साथ तिर्थ यात्रीहरु रहेका स्थलमा पुगी चामल ७० किलो, २५किलो दाल, २५किलो पिठो, २५किलो आलू, खाने तेल, नून लगायतका समाग्री हरु दिदै प्रदेश नं.५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले भनेकि आफूहरु जाति धर्म हेरेर होइन वास्तविक पिडीतको आधारमा राहत दिदै आएका छौँ।

    भारतीय तिर्थ यात्री नेपालमा फसेको हेर्दा आफू लाई निकै दुख लागेको र दुई देश बिच मित्रता समेत कायम रहेको ले हाम्रो कर्तव्य उहाहरु लाई सक्दो सहयोग गर्ने समेत रहेको छ। गरिब असहाय लाई राहत दिनु मानवीय कार्य रहेको र आफू हरु सधै सके सम्म गरिब असहाय र समस्यामा परेका लाई सहयोग गर्ने राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले बताउनु भयो । प्रदेश नं.५ मदरसा बोर्ड को आयोजना र हेरा शैक्षिक तथा मानवीय सेवा समाज को सहयोगमा वितरण गरियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं