
१सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
३ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
६महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
७जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
८जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
९भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
१०मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
७महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
८बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
९श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१०मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
११सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
१२फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
पर्वत, । विश्वभर फैलिएर आक्रान्त पारेको कोरोना भाइरस (कोभिड–१९)का कारण बैशाख १ देखि कालाञ्जर क्षेत्रमा शुरु हुने भनिएको महायज्ञ उपयुक्त मितिमा गरिने महायज्ञ मुल आयोजक समितिले जनाएको छ । समितिले सोमबार तीन हजार तीन सय मिटरको उचाई भएको कालाञ्जर क्षेत्रमा पुगेर क्षमा पुजा गर्दै उपयुक्त मितिमा विश्वभरका हिन्दुधर्मावलम्बी भित्राउनेगरी महायज्ञ लगाउने निर्णय गरेको हो ।
महायज्ञ मुल आयोजक समितिका संयोजक एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को नेतृत्वमा सोमबार गएको टोलीले जलजला गाउँपालिका वडा नम्बर ६ मा पर्ने हम्पालको लेक (कालाञ्जर क्षेत्र)मा क्षमा पुजा गरेको थियो । यसअघि २०७७ साल बैशाख १ गतेदेखि ७ गतेसम्म कालाञ्जर भुमिलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा पहिचान गराउन र विश्वभरका हिन्दुधर्मावलम्बी भित्राउन बृहत महायज्ञको तयारी गरिएको थियो । गाउँपालिकाले महायज्ञलाई सहज गराउनका लागि ८० लाख रुपैयाँ लगाउन गरी कालाञ्जरक्षेत्रमै सडक सुविधासमेत पु¥याएको थियो ।
विश्वभर फैलिइरहेको कोरोनाका कारण महायज्ञ स्थगित गरि क्षमा पुजा गरिएको महायज्ञ मुल आयोजक समितिका संयोजक एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिए । क्षमा पुजाका लागि अध्यक्ष मल्लसहित जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा पुन गर्बुजा, वडा नम्बर ४ का वडा अध्यक्ष भिष्म मल्ल, वडा नम्बर ६ का वडा अध्यक्ष होमबहादुर पुन, समितिका उपाध्यक्ष राजुप्रसाद आचार्य, कृष्णप्रसाद पराजुली, महासचिव जगन्नाथ आचार्य, जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार यम शर्मा लगायतको टोली कालाञ्जर गएको थियो ।
कालाञ्जरमा सोमबार गिता पाठ, भागवत पाठसहित क्षमा पुजा गरिएको जलजला गाउँपालिकाका राजनीतिक सल्लाहकार एवम् महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष याम शर्माले जानकारी दिए । महायज्ञ मुल आयोजक समितिको बैठकले सडक त्यहाँ पु¥याउनका लागि सहयोग गर्ने सामुदायिक बन, समिति, वडा अध्यक्षहरुलाई अध्यक्षबाट धन्यबाद दिने, कालाञ्जरक्षेत्रमा पर्यटकीय विकासका लागि आवश्यक संरचना निर्माणका लागि लिजमा दिनका लागि छलफल गरिएको र कोरोना भाइरसबाट बच्न र बचाउनका लागि आब्हान गर्ने निर्णय भएको शर्माले बताए ।
अध्यक्ष मल्लले धार्मिक रुपमा र विभिन्न पुराण तथा हिन्दु धार्मिक शास्त्रमा समेत कालाञ्जर क्षेत्रको बर्णन गरिएकोले कालाञ्जर क्षेत्र धार्मिक रुपमा महत्वपूर्ण रहेको दाबी गर्दै आएका छन् । उनले आफु गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखि नै कालाञ्जर क्षेत्रको विकासमा जोड दिदै आएका छन् । कालाञ्जर क्षेत्र मनमोहक, आकर्षक र त्यहाँबाट विभिन्न हिमऋृङ्खलाको अवलोकन गर्न सकिने भएका कारण पनि पर्यटकको आकर्षण बढ्ने मल्लले बताए । विभिन्न पुराणमा वर्णन गरिए पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै १०८ श्रीमदभागवत तथा विराट ज्ञान महायज्ञ आयोजना गर्न लागिएको थियो ।
उक्त महायज्ञ कोरोनाका कारण प्रभावित भएपनि उपयुक्त मितिमा गरिने भएको छ । मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको उपस्थितिमा केही महिनाअघि समिति समेत गठन गरिएको थियो । समितिको सहअध्यक्षमा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष दमबहादुर पुन रहेका छन् । समितिको उपाध्यक्षमा तीनवटै गाउँपालिकाका उपाध्यक्षहरूलाई पदेन उपाध्यक्ष तोकिएको छ । साथै समितिका अन्य दुई उपाध्यक्षमा राजुप्रसाद आचार्य र कृष्णप्रसाद पराजुली चयन भएका छन् ।
त्यसैगरि समितिको महासचिवमा जगन्नाथ आचार्य, सचिवमा नारायणदत्त सापकोटा, नारायण मल्ल, कृष्णप्रसाद रेग्मी र गोपाल आचार्य, कोषाध्यक्षमा यम शर्मा पौडेल र सहकोषाध्यक्षमा पूर्णहरि रेग्मी रहेका छन् । त्यसैगरि समितिको सदस्यहरुमा बल बहादुर पुन, होमबहादुर पुन, घनश्याम पौडेल र पूर्णबहादुर पुन रहेका छन् । जलजला गाउँ पालिका, मोदी गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाका सबै वडाअध्यक्षहरू, गाउँ कार्यपालिकाका सदस्यहरू र वडा सदस्यहरूलाई पदेन सदस्य तोकिएको छ ।
गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएदेखिनै कालञ्जर क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्यका रुपमा विकास गरि जलजला र सिंगो पर्वतको आर्थिक समृद्धिमा टेवा पु¥याउने अभियान बोकेर हिँडेका अध्यक्ष मल्ल कालञ्जर क्षेत्र धार्मिक पर्यटन परियोजनाका परिकल्पनाकार समेत हुन । अध्यक्ष मल्लले आफू शुरुदेखिनै कालञ्जर र हम्पालको पर्यटन गुरुयोजना बनाएर यसको विकासका लागि समर्पित भएको वताए । हिन्दु धर्मग्रन्थहरूमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको कालाञ्जर पर्वतलाई अहिले हम्पाल भनेर पनि चिनिन्छ ।
हिन्दु धर्मग्रन्थहरूमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको कालञ्जर पर्वतको महिमा वर्णन मात्रै गरिएको छैन त्यहाँ पुगेर तपस्या गरेर धेरै ऋषिमुनिले सिद्ध प्राप्त गरेको उल्लेख छ । पद्मपुराणमा महादेव र पार्वतीको क्रिडास्थल, पितृको श्राद्धकर्मका लागि निर्देश गरिएका गंगासागर, ब्रह्मसागर, यमुना, कुरुक्षेत्र, नीलकण्ठ जस्तै कालञ्जर तीर्थलाई पनि उत्तम पितृतीर्थका रूपमा उल्लेख गरिएको पाइन्छ ।
हिमालय पर्वतका राजा र उनकी पुत्री पार्वतीसँग जोडिएको यो क्षेत्र पवित्र भूमिका रूपमा र तपस्यास्थलका रूपमा रहेको मानिन्छ । राजर्षि जडभरतले यस क्षेत्रमा तपस्या गरेको पुराणहरूमा उल्लेख गरेको पाइन्छ । एकपटक कालञ्जरमा रहेको मृग सरोवरमा स्नान गरे त्यहाँ रहेका भगवान् शिवको दर्शन गरेमा मात्रै पनि स्वर्गलोकमा जान पाइन्छ भन्ने मान्यता छ ।
कालञ्जर पर्वतलाई बराहपुराणले भगवान् शिवको बासस्थानका रूपमा व्याख्या गरेको छ । तरपनि कालञ्जर पर्वत र यससँग जोडिएका अन्य तीर्थस्थलहरू प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको अध्यक्ष मल्लको गुनासो छ । कालीगण्डकी नदीसँग जोडिएको कालञ्जर पर्वतको जलजला र मोदी गाउँपालिकामा पर्दछ । यसको केही भाग म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग पनि जोडिएको छ ।
समुन्द्री सतहदेखि ३३ सय मिटरको उचाइमा रहेको यो क्षेत्र प्रचीन धर्मग्रन्थहरूमा ‘मृग सरोवर’ र सिमसार क्षेत्र पनि हो । हनुमानले यही क्षेत्रबाट जडीबुटी लगेर औषधि उपचारमा प्रयोग गरेको मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्यको दावी छ । स्वामी कमलनयनाचार्यले केही समय कालञ्जर भृमिमै तपस्या गरेका थिए । नीरमसी, पाँचऔलो सतुवालगायत बहुमुल्य जडीबुटीहरू प्रशस्त पाइने जलजला क्षेत्रको जंगलमा कालो वर्णको मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपक्षीको बसोबास छ ।
मातातीर्थ औंसीका दिन दिवंगत बुबाआमाको श्राद्ध गर्न जलजलामा जाने चलन छ । पूजाआजाका लागि निरकण्ठेश्वर शंकर भगवानको मन्दिर बनाइएको छ । कालञ्जर शब्दको अर्थ समय वा कालमाथि विजय प्राप्त गरेको भन्ने हुन्छ । प्राचीन धर्मग्रन्थका अनुसार मृत्यु र समयलाई जित्नका लागि सिद्ध तपस्यास्थल वा तीर्थभूमिको नाम नै कालञ्जर हो भनिन्छ । विभिन्न शब्दकोषले कालञ्जर भनेको पौराणिक पर्वत र तीर्थका रूपमा व्याख्या गरेका छन् ।
अग्निपुराण, विष्णुपुराण र श्रीमद्भागवत् महापुराणले राजर्षि जडभरतको तपस्थली र उनका तीन जन्मसँग जोडेर कृष्णगण्डकीको सान्निध्यमा रहेको पवित्र भूमिका रूपमा कालञ्जरको व्याख्या गरेका छन् । कालञ्जर क्षेत्रको अध्ययन अनुसन्धान गरिरहेका डा.जगन्नाथ रेग्मीका अनुसार महर्षि जडभरतले कालञ्जरसँगै जोडिएको म्याग्दीको पौलस्य आश्रम र गलेश्वर धाममा तपस्या गरेको र कालो मृगका रूपमा कालञ्जरमा घुमेको कुरा धर्मग्रन्थहरूमा पाइन्छ । बराहपुराणमा भगवान् शिवको निवासस्थलका रूपमा यसलाई व्याख्या गरेको पाइन्छ भने त्यहाँ रहेका भगवान् शिवको दर्शन गरे मात्रै कृष्णगंगा स्नानको फल मिल्छ भन्ने उल्लेख छ । स्कन्दपुराणको काशीखण्डअन्तर्गत पृथ्वीतलका मुक्तिप्रदायक मुख्य तीर्थस्थलमा कालञ्जर क्षेत्रको महिमा उल्लेख गरिएको छ ।
कालाञ्जरबाट आँखै अगाडि सेतै टल्किने धौलागिरी, अन्नपूर्ण, निलगिरी, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लु लगायतका १६ भन्दा बढी हिम चुचुराहरू अवलोकन गर्न सकिन्छ । यस्तै, सूर्योदय र सूर्यास्त हेर्नका लागि पनि हम्पाल क्षेत्र उपयुक्त छ । उक्त ठाउँबाट पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ र लमजुङ जिल्ला भौगोलिक क्षेत्रहरू देख्न सकिन्छ । पर्यटकहरूलाई लोभ्याउने अर्को विशेषता पाखैभरि फुल्ने लालीगुराँस पनि हुन् । मानवीय स्वास्थ्यको लागि उपयुक्त मानिने सयौँ थरी जडीबुटीहरू उक्त ठाउँमा पाइने जलजला गाउँपालिकाका सल्लाहकार तथा महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष यम शर्मा पौडेलले बताए ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया