SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/१ गते
    ७७५ &#२३४६;&#२३३५;&#२३२५;

    चन्दौटा , कपिलवस्तु, । 
    स्यूराज मिडिया प्रा.लि.द्वारा प्रकाशित स्यूराज खबर साप्ताहिक पत्रिकाले शिवराज नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा एघार हजार एक सय रुपैयाँ एघार सहयोग गरेको छ ।  स्यूराज साप्ताहिक पत्रिकाले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगी हात बढाएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) बाट उत्पन्न प्रतिकूल अवस्थाबाट दैनिक गुजारा चलाउन नसक्ने ज्यालादारी श्रमिक, अति गरिब, असहाय र विपन्न परिवारलाई राहतका लागि ऐक्यबद्धता जनाउँदै सो रकम सहयोग गरेको स्यूराज मिडिया प्रालिका अध्यक्ष अर्जुन बेल्बासेले जानकारी दिए । स्यूराज मिडिया प्रा.लि.का अध्यक्ष बेल्बासे र स्यूराज खबर साप्ताहिक पत्रिकाका सम्पादक शरद अधिकारीले नगरप्रमुख नेत्रराज अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

    २०७५ बैशाख १ गते स्थापना भई एक वर्ष पूरा गरेको अवसरमा वार्षिकोत्सव मनाउन नपाएपनि विपद्को घडीमा सामाजिक उत्तरदायित्वको काममा सहयोग गरेको स्यूराज खबर साप्ताहिकका सम्पादक शरद अधिकारीले बताए । अहिलेको विषम परिस्थितिमा नगरले अपनाएको एकद्वार प्रणालीबाट अति गरिब, निमुखालाई राहत वितरणमा थप सहयोग पुगोस् भन्ने उद्देश्यका साथ पत्रिकाको वार्षिकोत्सवको उपलक्ष्यमा सानो सहयोग गरेको सम्पादक अधिकारीले भने । सोही कार्यक्रमका बीच पत्रिकाका सम्पादक एवं नगरपालिकाका कानुनी सल्लाहकार समेत रहेका अधिकारीले आफ्नो व्यक्तिगत तर्फबाट नगरको विपद्कोषमा ५हजार ५सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।

    चेक बुझ्दै नगर प्रमुख नेत्रराज अधिकारीले विषम परिस्थितिमा गरेको सानो सहयोगले ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे । विश्वलाई आतंकित बनाएको कोभिड १९ का कारण प्रभावित अति विपन्न र असहायक परिवारको दैनिकीमा ठूलो राहत पुग्ने नगरप्रमुख अधिकारीले बताए । यससँगै शिवराज विपद्कोषमा निजी क्षेत्रबाट ७ लाख ६४ हजार बत्तीस रुपैयाँ सहयोग प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिएका छन् । विजयनगर गाउँपालिका लाई समेत रू 10 000 दश हजार दिने घोषणा गरिएको अध्यक्ष अर्जुन बेल्बासे ले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं