SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/२३ गते
    ११०३ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । विश्वभर कोरोना भाइरस महामारी फैलाए पछि अहिले विश्व शोकमा डुबेको छ । त्यस्तै नेपालमा पनि कोरोना भाइरस बढदो क्रम भए पछि यसको असरलाई रोकथाम गर्न बारे नेकपाका केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघका संयोजक राम प्रसाद सापकोटा दिपशिखाले समाजिक संजाल मार्फत सरकारलाई केही सुझाव दिएका छन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    सुझावहरु यस्तो रहेका छन

    १. लकडाउन हाम्रो अवस्थामा भन्दापनि भारतको अवस्थालाई ख्याल गरेर लम्ब्याउँ । २. एक शहरबिच अर्को शहर, एक गाउँबिच अर्को गाउँ जान प्रतिबन्ध नै लगाउँ । मानिसहरुलाई पास दिने र एकठाउँबाट अर्को ठाउँ जान बन्द गरौं ।

    ३. तरकारी लगायत अतिआवश्यक खाद्य्य सामाग्री किन्ने स्थलहरु स्वाभाविक अवस्थामै देखियो । यो बन्द गरौं र हप्ता वा तिन दिनमा १ घण्टाका लागी दुरी कायम गर्ने गरी खुल्ला राखौं । अरु बेला बन्द गरौं ।

    ४.सामाजिक दुरी(एकअर्काबिच) दुरीलाई कायम गरौं ! अझै वाध्यकारी व्यवस्थाहरु लागु गरौं । ५. रुघाखोकी, ज्वरो लागेकाहरुको कोरोना टेष्ट गरौं र उनीहरुलाई परिवारबाट अलग राख्न उत्प्रेरित गरौं ।

    ६. अब कोरोनाको जोखिम भारतीय सिमा क्षेत्रहरु हुन्, ती नाकाहरुमा कडा गरौं र त्याँहाबाट २ हप्ताअघिदेखि आएकाहरुको क्वारेन्टिनमा कडाई गरौं र घरपरिवारमा पुगेका छन् भने उनीहरुलाई छुट्टै राख्ने व्यवस्था गरौं ।

    ७. तयारीको समय ढिला भएपनि, ल्यावहरुको क्षमता बढाऔं र रोगको डाइलासिस थप गरौं । स्वास्थ्य उपकरणहरु थपौं र स्वास्थ्यकर्मीहरुको थप तयारी गरौं । यसरी दोस्रो चरणको लडाई जितौं !

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं