
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
काठमाडौ । अष्ट्रेलिया सरकारले नेपाली सहित विश्वका विभिन्न मुलुकबाट अस्थायी भिसा लिएर आएकालाई आफ्नो घर फर्कन भनेको छ । अस्थायी भिसा लिएर पढ्न वा रोजगारीका लागि अष्ट्रेलिया पुग्ने नेपाली सहितको संख्या २० लाखभन्दा बढी छ । कोरोना भाइरस (कोभिड–१९) को प्रकोपका कारण आर्थिक मन्दी र बेरोजगारी बढेको भन्दै सरकारले विद्यार्थी, दक्ष कामदार र पर्यटकलाई घर फर्कन सुझाएइको हो । अष्ट्रेलियामा विभिन्न प्रकारका अस्थायी २१ लाख ७० हजार पर्यटक छन् । उनीहरु अष्ट्रेलियाको अर्थतन्त्रका लागि निकै महत्वपूर्ण रहेको अष्ट्रेलियाका सहायक आप्रवासी मन्त्रीले बताएका छन् ।
तर अबको छ महिनासम्म आफ्नो खर्च धान्न नसक्ने अस्थायी भिसा भएका मानिसहरुलाई आफ्नो मुलुक फर्किन प्रेरित गरिने भन्दै सहायक आप्रवासीमन्त्री एलन टुड्गेले शनिबार भनेका छन्, ‘यस्ता मानिसहरुका लागि यो घर फर्किने समय हो र उनीहरुले घर फर्किने व्यवस्था छिटोभन्दा छिटो मिलाउनुपर्छ ।’ अष्ट्रेलिया सरकारले शनिबार गरेको घोषणामा पीआर पाउने मानिसहरु भने समावेश गरिएको छैन । मन्त्री टुड्गेले अष्ट्रेलियामा रहेको दुई लाख तीन हजार पर्यटक जतिसक्दो छिटो आफ्नो मुलुक फर्किनुपर्ने बताए । यस्तै करिब एक लाख १८ हजार सहयोगीको रुपमा गएका वा अन्य किसिमको भिसा भएका मानिस छन् । यस्तो भिसा भएका मानिसले शर्तसहित काम गर्ने सुविधा पाएका हुन्छन् । उनीहरुको सीमित काम गर्न पाउने दायरामा पनि केही छूट दिने निर्णय गरेको छ ।
साथै केही क्षेत्रमा काम गर्नेहरुको भिसा सकिन लागेको भए थपिने बताइएको बताएको छ । यसमा स्वास्थ्य स्याहार, वृद्ध तथा अशक्त स्याहार, बालस्याहार, केषि र खाद्यान्न क्षेत्रमा काम गर्ने क्षेत्रलाई समेटिएको छ । ‘उनीहरुलाई अबको छ महिनासम्म आफूले खर्च धान्न सक्छु भन्ने विश्वास छैन भने आफ्नो मुलुक फर्किनुपर्छ’, उनले भने । अष्ट्रेलियामा पाँच लाख ६५ हजार अन्तर्राष्ट्रिय विद्यार्थी छन् । उनीहरुले अष्ट्रेलियाको अर्थतन्त्रमा ३२ अर्ब ४० अष्ट्रेलियाली डलर योगदान गरेका छन् । सरकारले उनीहरुलाई कोभिड–१९ को संकटको समयमा आफ्नो पारिवारिक सहयोग, उपलब्ध भएको स्थानमा पार्ट टाइम काम र आफ्नो बचतमा निर्भर रहन सुझाएको छ । वित्तीय कठिनाईको सामना गरिरहेका विद्यार्थीले आफ्नो सुपरएन्युएशन रिटायरमेन्ट कोषको प्रयोग गर्न पाउनेछन् । उनीहरुमध्ये केहीलाई अन्तर्राष्ट्रिय शिक्षा प्रदायकबाट वित्तीय सहयोग पाउन सक्छन् । बाँकीलाई भने भिसाको शर्त केही लचिलो बनाइनेछ । वृद्ध स्याहार, नर्स र अन्य प्रमुख सुपरमार्केटमा काम गर्ने विद्यार्थीले भने आफ्नो काम गर्ने समयसीमा भने बढाउन सक्नेछन् ।
साउथ चाइना मनिङ पोष्टकाअनुसार सिड्नी युनिभर्सिटीका विद्यार्थी सुभाष पोखेलले मार्चदेखि आफूले कुनै काम पाउन नसकेको बताए । ‘म अष्ट्रेलिया काम र पढाइ गर्न आएको हुँ । म आफ्नो भविष्यप्रति निकै चिन्तित छु तर म तत्काल नेपाल फर्किन सक्दिनँ’, उनले भने । अष्ट्रेलियाको ग्रिन्सका सिनेटर मह्रीन फाउकीले सरकारको आलोचना गरिन् । उनले सरकारले आर्थिक समस्यामा रहेका र घरबारविहीन अन्तर्राष्ट्रिय विद्यार्थीलाई वेवास्ता गरेको बताइन् । ‘पछिल्लो केही दिनयता सयौं अन्तर्राष्ट्रिय विद्यार्थीले मलाई सम्पर्क गरेर आफ्नो बेरोजगारी, वित्तीय तनाव र जीवनयापनको कठिन अवस्थाबारे बताएका छन्’, उनले एक विज्ञप्तिमार्फत् भनेकी छिन् । अनलाईन खबरको सहयोगमा


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया