SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/२२ गते
    १७२२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ – नेपाल लक डाउनको दुई हप्तावित्नै लाग्दा काठमाडौँका सडक बालबालिकाहरुको अवस्था नाजुक छ । लामो समय देखि खान नपाए पछि उनीहरु भोकै बस्न बाध्य बनेका छन् । त्यस्ता सडक बालबालिका र अस्पतालमा रहेका विरामी कुरुवाहरुलाई उपकार सेवा नेपालले निशुल्क खाना खुवाउने सेवा सुरु गरेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।
    काठमाडौँको सडक र गल्लीहरुमा जीवन विताउदै आएका सडक बालबालिका र अनाथहरुका लागि अहिले निक्कै कष्टकर समय छ । पसल, होटलतथा रेष्टुरेण्टहरु पूर्ण रुपमा बन्द भएपछि यस्ता बाल बालिकाहरुको गाँस टुटेको छ । यस्ता बाल बालिका र असाहयहरु काठमाडौँमा बेग्रल्ती भेटिन्छन् जो खान नपाएर भौतारिरहेका छन् ।

    यस्ता असहायहरुका लागि उपकार नेपाल शान्ति स्काउट र उपकार सेवा नेपाल नामक सामाजिक सस्थामार्फत निशुल्क भोजन गराउने अभियान जारी छ । दैनिक ६ सय देखि ८ सय जनासम्मलाई खानाको व्यवस्था मिलाइएको उपकार सेवा नेपालका सदस्य राकेशकुमार अग्रवालले बताउनु भयो ।खानाखान पाएपछि सडक बालबालिका तथा असाहयहरुले खुसीव्यक्त गरेकाछन् ।

    खानामा दालभात तरकारी र दिउँसो खाजामा पुरी तरकारी, पानी तथा मास्क समेत निशुल्क रुपमा वितरण गर्दै आएको छ । काठमाडौँ, भक्तपुर ललितपुरका विभिन्न स्थानहरुमा केन्द्र बनाएर खानापकाउने र प्याकिङ गर्दै ठाउँठाउँमा लगेर खुवाउने गरिएको नेपाल शान्ति स्काउटका तालिम आयुक्त सुधन मरासिनीले बताउनु भयो । यसका लागि शान्ति स्काउटका सदस्यहरु सक्रियभएर खटिइ रहेकाछन् । संकटको घडीमा मानविय सहाय तागर्नु र सेवागर्नु ठुलो धर्म हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं