SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/२२ गते
    ५५८१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विभाजन देखिएको छ । हालै बाहिर आएको एक विज्ञप्तिले पार्टी भित्र रहेका दोस्रो तहका नेताहरुका बीचमा विभेद देखिएको छ । अहिले केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल बनाउन अर्का अध्यक्ष प्रचण्ड संलग्न भएको खुलासा भएको छ । पूर्वप्रधानमन्त्री समेत्त रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार ढाल्न आफु नजिकका मान्छे लगाएको खुलासा भएको छ ।

    तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालका अध्यक्षले गम्भीर खुलासा गरेका छन् । अहिले नेकपा निकट पत्रकारहरुको संगठन प्रेस संगठनका सह–संयोजक समेत रहेका गणेश बस्नेतले यस्तो कुराको रहस्य उजागर गरेका हुन् । प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले पत्रकार महासंघको महासचिवलाई प्रचण्डले नै निर्देशन दिए बमोजिम आफुले विज्ञप्ति निकाल्न लगाएको बताएका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यो सँगै दाहालले बस्नेतालाई तिमी कोही होइन भनेर गाली गलौज पनि गरेको बताइएको छ । गणेश बस्नेतले नेकपा अध्यक्ष समेत रहेका प्रचण्डको बलमा केपी ओली नजिकका मान्छे सिद्धाउने खेल सुरु भएको खुलासा गरेका हुन् । यसको प्रतिकृयामा दाहाल पक्षका कुनै पनि नेताहरुले कुनै बयान दिएका छैनन् । गणेश बस्नेतको स्टाटस जस्ताको तस्तै तल हेर्नुहोस्

    महेश्वर दाहाललाई फोन गरें, उहाँले कमरेड प्रचण्डको आदेशमा पत्रकार महासंघका महासचिव रमेश बिष्टलाई बिज्ञप्ती जारी गर्न मैले लगाएँ, तिमी कोही होइनौं, म हुँ तिम्रो प्रेस चौतारीको नेता भन्नुभयो । अनि हामी कांग्रेस माओवादी गठबन्धन अहिले पनि जारी छ, तिमी एमालेहरुको दिन सकियो भन्दै अपमान गर्नुभयो । धन्यवाद महेश्वर कमरेड यो जानकारीको लागि अनि सत्य बोल्नु भएकोमा । तपाईको कुरा सत्य हो भने दुई तपाई त के कमरेड प्रचण्ड समेंत मेरो नेता होईन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं