SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/२१ गते
    १९३४ &#२३४६;&#२३३५;&#२३२५;

    मुम्बई । चर्चित बलिउड अभिनेत्री अनन्या पाण्डे आफ्ना प्रशंसकहरूलाई घरमा बस्न प्रेरणा दिँदैछिन् । अनन्याको एक भिडियो सोशल मिडियामा एकदमै भाइरल भइरहेको छ, जसमा उनले प्रशंसकलाई उनको क्वारेन्टाइन रुटीन बताउँदै घरमै बस्न अपिल गरेकी छन् । ‘पति पत्नी और वो’ मा अभिनय गरेकी अभिनेत्री अनन्या पाण्डे आजको दिनमा खाना पकाएर, पुस्तकहरू पढेर र परिवारसँगै समय बिताएर क्वारेन्टाइनको समय खर्च गर्दैछिन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उनले भिडियोको माध्यमबाट यी सबै जानकारी दिएको हुन् । यस भिडियोमा, अनन्याले फ्यानहरूलाई घरमै बस्न आग्रह गरेर भनिन्, ‘कोरोनाभाइरस एक गम्भीर समस्या हो । यो समयमा सकारात्मक रहनु धेरै महत्त्वपूर्ण छ । हामी घरैमा बसेर धेरै काम गर्न सक्छौं जसले हामीलाई सकारात्मक राख्छ । जस्तो कि म आफ्नो परिवारसँग समय बिताउँदै छु र कुकुरसँग समय बिताउँदैछु ।’ अनन्या पाण्डेले कोरोनाभाइरसको बारेमा अझै भनिन्, ‘हामीले त्यस्तो कार्यहरू गर्नुपर्दछ जुन हामीलाई सधै सकारात्मक राख्छ ।’

    हामी एक अर्कालाई भेट्न असमर्थ छौं तर यसको मतलब यो होइन कि हामी एक्लो छौं । हामीले एकसाथ कोरोनाभाइरसलाई हराउनु पर्छ । हामी सुरक्षित हुनुपर्दछ । इमानदार हुने कोसिस गर्नुहोस् । र सबैभन्दा महत्त्वपूर्ण भनेको घरमा बस्नु हो ।’ कतिपय मानिसहरूले अनन्याको कुराको प्रशंसा गरिरहेका छन् भने कोहीले अनन्याको भिडियोमा उनको हिंदी सुनेर छक्क परेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    इनरह्वील क्लब अफ बालाजु काठमाडौंका अध्यक्ष श्रेष्ठले निजी लगानीमा पर्वतमा यात्रु प्रतिक्षालय निमाण

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ स्थित घुम्तीमा निर्माण गरिएको यात्रु प्रतिक्षालयको सोमबार उद्घाटन गरिएको छ...

    ‘पर्वत कुस्मा नारी समूह’द्वारा क्यान्सर पीडित बालकको उपचारका लागि सहयोग

    पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका-७, राम्जा जिमिरे डाँडापरि निवासी ७ वर्षीय बालक संगम क्षेत्रीको...

    हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने

    धरान । हर्क साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ ले धरानमा पत्रकार सम्मेलन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं