SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१९ गते
    २४४९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । केहि दिन अगाडी ब्यापारको सिलसिलामा पर्वतको धाइरिङ गएका दुई युवालाई घरबाट भात खाईरहेको अबस्थामा उठाएर पर्वतको एउटा क्वारेण्टाईनमा ल्याईयो । कारण थियो पर्वतको धाइरिङमा जादा कोरोना संक्रमितको शंका भएका युवालाई भेटेको भन्ने ? यहि कारण उनीहरुलाई कोरोना अस्पतालमा भर्ना गरियो र भर्ना गरिएका ति दुई युवाको रिर्पोट पनि नेगेटिभ आएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कोरोनाको सम्भावना भएको भन्दै पर्वतको जलजला गाउँपालिका धाइरिङका एक र नाङलीवाङका अर्का एक युवाको स्बाव परिक्षणको लागि काठमाण्डौं पठाइएको थियो । परिक्षणमा दुवैको रिर्पोट नेगेटिभ आएको अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए । उनीहरु मध्ये धाइरिङका युवा बागलुङमा संक्रमण पुष्टि भएकी युवतीसंग काठमाण्डौं देखि पोखरासम्म जहाजमा आएका थिए ।

    अर्का युवाले भने आफूलाई पनि सक्रमण भएको हुनसक्ने भन्दै ल्याव परिक्षणका लागि अस्पतालमा आएका थिए । योसंगै पर्वतबाट पठाईएका ४ जनाका ल्याव रिर्पोट नेगेटिभ आएको छ ।

    कोरोनाको आशंकामा क्वारेण्टाईनमा राएिका एक युवाले भने आफुलाई अमानविय रुपमा अस्पतालमा ल्याइएको बताएका छन् । उनका अनुसार आफुलाई अन्य रिसिईबिको आधारमा कोरोना अस्पतालमा राखिएको र केहि अनलाईनहरुले समाचार पनि गलत तरिकाले शंक्रमण नै देखियो जस्ता शब्दहरु राखी लेखेकोमा आपत्ती जनाएका छन् । उनका अनुसार प्रहरी लगाएर केहि सल्लाह गर्नुछ भनी सिधै ल्याएर कोरोना अस्पतालमा राखेको बताएका छन् । उनका अनुसार जनप्रतिनिधीहरुले पनि आफुलाई राम्रो ब्यवहार नगरेको भनाई छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं