पर्वत/ कोरोना संक्रमण पुष्टि भएकी युवती संगै एउटै बिमानमा आएका बागलुङ्गका एक युवाको रिर्पोट नेगेटिभ आएको छ । कतार एयरवेजको ‘क्यूआर ६५२’ बाट संक्रमित युवती संगै आएका ती युवाको कोरोना परिक्षण रिर्पोट नेगेटिभ आएको पर्वत अस्पतालले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा आइतबार नेगेटिभ रिर्पोट आएको पर्वत अस्पतालका निमिक्त सुपरिटेण्डेन्ट डा. शिशीर देबकोटाले जानकारी दिनुभयो ।
उनलाई बिहीबार साँझ पर्वतको कुस्माबजार स्थित कोरोना अस्थाई अस्पतालमा राखेर स्वाब परिक्षणका लागि पठाइएको थियो । उनी बागलुङ्ग जिल्लामा घर भएपनि कुस्माबजारमा आफन्तको घरमा होम क्वारेन्टाईनमा बस्दै आएका थिए । पर्वत कोरोना अस्पतालमा रहेर्की एक महिलाको भने रिर्पोट आएको छैन ।