SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१६ गते
    १२३८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत / कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएकी बागलुङ्गकी युवती संगै यति एयरको बिमानमा यात्रा गरेका पर्वतका एक युवामा संक्रमणको लक्षण देखिएको छ । पर्वतको जलजला गाउँपालिका वडा नं ७ धाइरिङ्गका ती युवालाई यात्रा गरेको त्यसको दुई दिन पछि ज्वरो आएको र अहिले सम्म रुघाखोकी लागि रहेको पाइएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    चैत्र ४ गते मध्यान्न १२.४५ को यति एयरको ६७९ नम्बरको उडानबाट उनी पनि युवती संगै पोखरा आएको आफन्तले जानकारी दिए । घर फर्केको दुई दिनमा ज्वरो आएपछि उनले सिटामोल किनेर खाएका थिए भने अहिले पनि रुघा र खोकी छ । युवतीमा कोरोनाको संक्रमण पुष्टि भएपछि मात्रै ती युवाले समेत आफुँलाई पनि संक्रमण भएको हुन सक्ने शंका गरेको बताइन्छ ।

    उनको अबस्थामा सामान्य भएपनि पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले युवामा देखिएका लक्षणहरु कोरोनाको लक्षण संग मिल्ने बताउनुभयो । उहाँले बिरामी संग आफुँले पनि सम्पर्क गरेको र केस ‘सस्पेक्टेड’ देखिएको जानकारी दिनुभयो । ‘युवाको स्वाव परिक्षण गर्नुपर्ने भएकाले त्यसको तयारी भएको छ।’ उहाँले भन्नुभयो ‘युवालाई तत्काल एक्लो घरमा बस्न र कसै संग सम्पर्क नगर्न सल्लाह दिएको छु।’

    घरमा फर्केपछि सोही घरमा श्राद्ध भएका कारण श्राद्ध खान छिमेकी र इष्टमित्र समेत आएका थिए । युवा गाउँमा समेत डिहडुल गरेको पाइएको छ। जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण)ले युवा बिमानमा संगै आएको र कोरोना सग मिल्ने लक्षण देखिएकाले स्वास्थ्यकर्मीको सहयोगमा आबश्यक निर्णय लिन लागिएको बताउनुभयो ।

    यसैबिच युवालाई घरमै पुगेर भेटका कुस्मा नगरपालिका वडा ७ का उनका आफन्तलाई समेत क्वारेन्टाइनमा राख्ने तयारी भएको छ । शिबालय माबिमा रहेको क्वारेन्टाइनमा राख्ने तयारी भएको कुस्मा वडा नं ६ का अध्यक्ष रुद्र गिरीले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं