SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१६ गते
    २०५० &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही ।
    महामारीको रुपमा देखा परेको कोविड १९ (नोवल कोरोना) भाईरस बाट बच्ने पुर्ब तयारी स्वरुप लमजुङ को राईनास नगरपालिकाले पनि १३५ शैयाको क्वारेन्टाईन र्निमाण गरेको छ । ५ वटा एम्वुलेन्स पनि तयारी अबस्थामा राखेको राईनास नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिए । संभावित जोखिमलाई मध्यनजर गर्दे प्रत्येक वाडमा १० वटाका दरले क्वारेन्टाईन वेड र्निमाण गरिएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    वडा नं ९ र ८ मा भने २० र १५ वेडको क्वारेन्टाईन र्निमाण गरिएको छ । राईनासभित्र पछिल्लो केही दिनमा बिभिन्न मुलुकहरुबाट आएका नागरीकहरुको पनि पहिचान भैसकेको र उनिहरुलाई पनि क्वारेन्टाईनमा राख्ने काम सुरु भएको मेयर सिंह बहादुर थापाले जानकारी दिए । बिस्व महामारीबाट जोगिन अपनाउनु पर्ने प्रमुख सावधानि भनेकै घरबाट बाहिर ननिस्कनु हो । आपत आईलागे, रोगको लक्षण देखा परे स्वास्थ्य संस्थामा गई जचाउन र ब्यबस्था गरिएको एम्वुलेन्सलाई सम्पर्क गरि सेवा लिन मेयर थापाले नगरवासिलाई आग्रह पनि गरेका छन । काम छ भनेर र धेरै जना सम्पर्कमा नबस्ने उनले अनुरोध गरको छन ।

    हालै बिदेशबाट आएका २ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनिहरुको अबस्था सामान्य रहेको बताइएको छ । नगरपालिकाको समन्वयमा ५ वटा एम्वुलेन्सको ब्यबस्था गरिएको जनाइएको छ । कडरीया प्रतिष्ठान ९८५६०४६५२०,सहोदर अस्पताल ९८१४१२८३५, रेडक्रस धमिलीकुवा,९८४६७२१७३९, सातबिसे ९८६६०२६०३०, राईनासकोट ९८६६३५३८८२ नम्वरका एम्वुलेन्सलाई खबर गर्न सकिने बताइएको छ । तर स्थानिय जनता तथा वडाअध्यक्षहरुको भनाई अनुसार लकडाउनको सुरुवाती केहि दिन एम्वुलेन्स चालकहरु बिरामी लिन जान मानेका थिएनन् ।

    बेशिशहरबाट एम्वुलेन्स बोलाउन पर्ने अबस्था आएको स्थानियको गुनासो छ । हाल, एम्वुलेन्स चालकहरुलाई आबस्यक पर्ने PPE, मास्क लगाएतका अन्य अत्यावस्यक सामग्रीहरू आजै उपलब्ध गराउँदै चालकहरुको बिमा समेत गरेको छ भने कोरोना संक्रमण भएको क्षतिपुर्ति दिने घोषणा पनि गरेको छ । पछिल्लो जानकारी अनुसार हालसम्म राईनास भित्र ७ सय ४० जना मानिसहरु बाहिर बाट आएका छन । उनिहरुको अबस्थाको निगरानि गर्न वडा कार्यलयलाई र्निदेशन दिइएको छ ।

    पालिकामा स्थानीय जनप्रतिनिधिको बहुमत कांग्रेसको भएको आधारमा नेकपाबाट निर्वाचित मेयरलाई पेल्ने रणनीति लिएको कांग्रेसले पछिल्लो समय कुनै एजेण्डा नपाई नगरपालीकाको प्रमुख कार्यकारी अधिकृतको सरुवा नगरि कार्यपालिकाको बैठक बस्न नदिने भन्दै महिनौ सम्म बैठक नराख्दा दैनिक काम कारवाही प्रभावित हुँदा स्थानीय बुद्धिजीवी एबं जनस्तरबाट व्यापक विरोध भएको थियो।

    कोरोना भाईरसको संभावित जोखिमलाई जनताले होम आईसोलेसन र क्वारेन्टाइनको कडाइका साथ परिपालन गराउनुपर्ने प्रशासनको एजेण्डामा वडा अध्यक्ष सहितको स्थानीय जनप्रतिनिधिले असहयोग गर्दा प्रभावित भै पुनः स्थानीय नगरवासी सहित युवा नेतृत्वको व्यापक विरोध पश्चात उक्त एजेण्डामा हाल करेन्टाइनमा चैत्र १ भन्दा पछि अन्य मुलुकबाट आएका वा आएकासंग प्रतक्ष्य सम्पर्कमा रहेका करिब ३२ जना सम्पर्कमा आएका ब्यक्तिलाई राख्ने र नेपाल आएको १४ दिन कटिसक्दा पनि कुनै लक्षण नदेखिएमा निज वा निजसंग सम्पर्कमा रहेकाको स्वास्थ परिक्षण पश्चात १४ दिन कटेपछि छोड्ने जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं