पर्वत । कोरोना भाईरसको महामारी बिश्वभर फैलिरहेका बेला पर्वतमा भने बिभिन्न संघ सस्थाहरुले सामाजीक कामहरु गरिरहेका छन् । यस्तैमा पर्वत जिल्ला कुश्मा नगरपालिका ३ को खानेपानी तथा सरसफाई उपभोत्ता समितिले ३० घरमा साबुन लगायत सरसफाईका सामानहरु बितरण गरेको छ ।
संस्थाका गंगामाया बिकले सुचनाकेन्द्र डटकमलाई दिएको जानकारी अनुसार ग्रामिण क्षेत्रमा पनि कोरोना भाईरसको महामारी फैलन सक्ने भएकोले सबै नागरिकहरुलाई सरसफाई सहयोग पुगोस भनेर सरसफाईका सामाग्रीहरु बितरण गरिएको बताउनु भएको छ ।
नेपालमा हालसम्म जम्मा ५ जनामा संक्रमण देखिएको भएपनि यसलाई बेलैमा रोक्नु पर्ने भन्दै सरकारले देशलाई नै पुरै लकडाउन गरिरहेको बेला स्थानिय स्तरका सामाजी संस्थाहरुले पनि ग्रामिण क्षेत्रमा जनचेतना फैलाउने तथा सरसफाईका सामाग्रीहरु बितरण गरिरहेका हुन ।