News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    नतिजा साँढे दुई घण्टामा दिनसक्ने कोरोना भाइरस टेष्टको किट विकास गरेको भोलिपल्ट यीनी आमा बनिन्

    एजेन्सी, । यी हुन् भारतक मिनाल डाखाभे भोस्ले । भारतको मिलाब रिसर्च एण्ड डेभलभमेन्टकी प्रमुख । उनीसहितको टिमले एक हप्ता अगाडि कोरोना भाइरसको टेष्ट किटको विकास गर्यो । छ हप्तामा विकास गरिएको टेष्टको परीक्षण सफल भयो । मिलाब रिसर्चले विकास गरेको किटले साँढे दुई घन्टामै नतिजा दिन्छ । जब कि अन्य किटले छ देखि सात घन्टा समय लगाउँछ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    किटको विकासमा एउटा रोचक विषय छ । किट विकासको नेतृत्वकर्ता वैज्ञानिक मिनाल भोस्ले स्वयं बच्चाको आमा बन्दै थिइन् । उनको नेतृत्वको टोलीले किटको विकास गरेको भोलिपल्ट छोरीलाई जन्म दिइन् । गत हप्ता उनले छोरीलाई जन्म दिनुअघि सजिलो भने भएन । गर्भधारण हुँदा समस्या आएर अस्पतालमा पुगेकी थिइन् ।

    समस्याबारे चेकजाँच गरेको भोलिपल्ट फेब्रुअरी महिनामा किटको विकासको रिसर्चमा तल्लिन भइन् । उनले दश जनाको वैज्ञानिक टोलीको नेतृत्व गरिन् । १८ मार्चमा नेस्नल इन्स्टिच्युट अफ भिरोलोजीमा विकसित किट मूल्यांकनका लागि पठाइयो । त्यसको भोलिपल्ट उनले बच्चालाई जन्म दिएकी हुन् ।-बीबीसीको सहयोगमा

    लाेक कल्याणकारी

    प्रतिक्रिया