SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१४ गते
    १४४२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । इलाका प्रहरी कार्यालय लुंखुका असई कृष्णप्रसाद पनेरुलाई कुटपिट गरेको आरोपमा चैत ११ गते पैञ्यु गाउँपालिका—७ का २१ वर्षीय रोशन तिवारी र २५ वर्षीय सुवास तिवारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    चैत ११ गते दिउँसो कार्यालय समयमा महाशिला गाउँपालिकाको कार्यालयमा प्रवेश गरि त्यहाँ कार्यरत कर्मचारीहरुलाई हातपात गर्न खोजेको र तत्काल इलाका प्रहरी कार्यालय लुंखुबाट पुगेको प्रहरी टोलीले युवाहरुलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीलाई कुटपिट गरेका थिए ।

    पीडित पनेरुका अनुसार हतकडी लगाउने क्रममा आफुलाई कन्चटमा हानेर भागेको र तत्काल महाशिला गाउँपालिकामा कार्यरत कर्मचारीहरुको सहयोगमा गिरफ्तार गरिएको थियो । स्थानीय लुंखुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत रहेका पनेरुलाई कन्चटमा गहिरो चोट लागेको र उपचारका क्रममा ४ वटा सुचर (टाँका) लगाइएको पीडित पक्षकाे भनाइ छ ।

    आरोपित युवाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्वतले चैत १२ गतेका दिन जिल्ला प्रशासन कार्यालय पर्वतबाट सार्वजनिक अपराध मुद्दामा ७ दिनको म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाएको छ । आरोपित युवाहरुको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल पर्वतमा चैत १२ गते गरिएको प्रहरी कार्यालय मुद्दा शाखाका सबइन्स्पेक्टर मोहन खड्काले जानकारी दिनुभयो । (सन्तोष थापा) इन्सेक अनलाईन

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं