SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१४ गते
    १४८५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । विश्व कोरोनाबाट बच्न अहिले पुरानो प्रचलित नमस्कार अथवा नमस्ते मा अभिवादन गर्न थालेको छ । यसको प्रयोग कुनै व्यक्तिसँग मिल्ने अथवा उनीसँग विदाई गर्ने समय, दुवैमा प्रयोग गरिन्छ । नमस्कार गर्ने समय व्यक्तिको पीठ अगाडि तर्फ झुकी, छातीको मध्यमा हात एक आपसमा जोडी, औंलाहरु आकाशतर्फ हुन्छन् । यो मुद्राको साथ साथै व्यक्ति ‘नमस्ते’ या ‘नमस्कार’ शब्द भन्दै अभिवादन गर्दछ । हातको यो मुद्रालाई नमस्कार मुद्रा भनिन्छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    ‘नमस्कार’ एक संस्कृत शब्द हो जुन संस्कृत को ‘नम’ शब्दबाट लिएको हो, जसको अर्थ हो प्रणाम गर्नु । हाम्रो लेख ”मनुष्य कुन घटकले बनेको हुन्छ रु”, मा हामीले बताएका छौं कि प्रत्येक व्यक्ति भित्र परमात्मा (ईश्वरीय तत्व) हुन्छ जसलाई हामी आत्मा भन्छौं । नमस्कार गर्ने समय एक व्यक्तिको आत्मा दोस्रो व्यक्तिको आत्मालाई अभिनन्दन अनि नमस्कार गर्दछ ।

    ‘नमस्ते’ अनि ‘नमस्कार’ शब्द पर्याय हुँदाहुँदै पनि ती दुवै बीच एक आध्यात्मिक अन्तर छ । नमस्कार शब्द नमस्ते भन्दा अधिक सात्विक छ । नमस्कार अर्थात अर्को व्यक्तिमा दैवी रूप देख्नु, यसले आध्यात्मिक शक्तिलाई बढ़ाउछ अनि दैवी चेतना आकर्षित गर्दछ । यदि नमस्कार यस्तो आध्यात्मिक भाव ले गर्ने कि हाम्रो सामुन्य व्यक्तिको आत्मालाई नमस्कार गरिरहेका छ, यसले हामीमा कृतज्ञता अनि भक्तिको भावना जागृत गर्दछ । यो आध्यात्मिक विकासमा सहायता गर्दछ । नमस्कार गर्ने समय यदि हामीयस्तो विचार राख्छौ कि “तपाई म भन्दा श्रेष्ठ हुनुहुन्छ, म तपाईको अधीनस्त छु, मलाई कुनै पनि ज्ञान छौनअनि तपाई सर्वज्ञ हुनुहुन्छ”, यो अहंकार कम गर्नअनि विनम्रता बढ़ाउनमा सहायक हुन्छ ।

    सामान्य नमस्कारस् कुनै व्यक्तिसँग भेटिदा सामान्य तया दुवै हातलाई जोडेर नमस्कार गरिन्छ । प्रत्येक दिन कयौ मानिसहरुसँग भेटिन्छौ र हामी नमस्कार गर्छौ । यसप्रकारको नमस्कारलाई सामान्य नमस्कार भनिन्छ । पद नमस्कारः यस प्रकारको नमस्कार हामी आफनो परिवार, नाता, बृद्ध तथा बाबा आमाको पैतला छोएर गर्छौ । परिवार बाहेक गुरु तथा आध्यात्मिक व्यक्तिहरुको पैताला छोएर नमस्कार गर्ने गर्छौ । साष्टांग नमस्कार स् यस प्रकारको नमस्कार मन्दिरहरुमा मात्र गरिन्छ । मठ मन्दिरमा देवि देवताको शरणमा गरिने नमस्कार साष्टांग नमस्कार हो । मंदिरमा नमस्कार गर्ने समयमा खाली खुट्टा हुनु पर्दछ ।

    नमस्कार गर्नुको फाइदाहरु स् राम्रो भावना र राम्रो तरिकाले गरिएको नमस्कारको पहिलो फाइदा यो हुन्छ कि यसले मनमा स्वच्छ भावनाको विकास हुन्छ । जसले गर्दा सकरात्मक सोचको बिकास हुन्छ । नमस्कारले अर्को व्यक्तिले तपाईप्रतिको राम्रो भावनाको विकास गर्दछ । यसप्रकार नमस्कार आध्यात्मिक र व्यवहारिक दुवै तरिकाले फाइदाजनक छन । यसले अन्य ब्यत्ति प्रति नम्रत बढ्छ साथै मन्दिरमा नमस्कार गर्नाले व्यक्तिको कृतज्ञताको भावना विकास हुन्छ । जसले मन र मस्तिष्क शान्त रहन्छ । अहिले त अभिवादन गर्दा नमस्कार गर्यो भने कोरोना संक्रमणको खत्तरा कम हुन्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं