SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१३ गते
    ८३७ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, । कपिलवस्तुको कृष्णनगर नगरपालिका भित्र रहेका बिभिन्न मदरसा मस्जिदका अध्यक्ष हरुको संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी । विश्वमा महामारी को रूपमा फैलिएको कोरोना भाइरस लाई रोक्न समाजमा जनचेतना फैलाउनु पर्ने, स्वास्थ्य लगायत अन्य क्षेत्रमा समेत धेरै अगाडि रहेका राष्ट्र हरू समेत उक्त महामारी रोक्न धेरै चुनौती को सामना गर्दै आएका भारत समेत प्रभावित रहेकाले नेपालमा समेत सबै नेपाली लाई सावधानी अपनाउन आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरिएको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेपाल सरकारले दिएको निर्देशन लाई मुस्लिम समुदायले समेत अपनाई कोरोना भाइसको रोकथाम गर्न र सचेतना अपनाउन, मुस्लिम समुदाय मस्जिदमा अजान दिने तर नमाज पढ्नको लागि मस्जिदमा ४ जना मात्र नमाज पढ्ने भिड भाड न गर्ने र भोलि आउने शुक्रवार को नमाज आ -आफ्नो घर मा पढी नेपाल सरकार ले दिएको निर्देशनको पालन गर्ने आग्रह मौलाना मसहूद खां नेपाली लगायत समुदाय का जिम्मेवार व्यक्ति हरु ले गरेका थिए ।

    कपिलवस्तुको कृष्णनगर नगरपालिक मा रहेको जामिया सिराजुलउलुम अलसल्फिया झन्डानगरका अध्यक्ष समीम अहमद नदवी, ५नं.प्रदेश मदरसा बोर्ड समिती का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, मुस्लिम संगठन नेपाल का अध्यक्ष सिराज अहमद फारुकी, राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफी, मदरसा खादिजुलकुबरा का अध्यक्ष अब्दुल अजीम मदनी, जामिया इस्लामिया नाइमिया का कार्यवाहक अध्यक्ष अब्दुल कलाम खां, मौलाना जमाल हरुको हस्ताक्षर मा प्रेस विज्ञप्ति जारी र हेरा एजुकेशनल एण्ड वेलफेयर सोसायटी शिवराज नगरपलिका का उपाध्यक्ष शैख अरसद मक्की,शैख जैस मक्की लगायतहरु ले प्रेस विज्ञप्ति को समर्थन समेत गरेका थिए|
    बरु यस्ताे संकट कालमा नेपाल सरकार ले दिएको निर्देशनको पालना गर्दै यो महामारीको सामना हामी मात्रै होइन बिश्व भरीले गरि रहेको छ। साथ साथै यो रोग बाट बच्नका लागि सरकारले आफ्नो स्तर बाट हुन सक्ने सबै तरिकाले सहयोग गर्दै आएको भन्ने जस्तो कुरा विज्ञप्ति मा भनिएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं