SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१३ गते
    ८५२ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कृष्णनगर, ।
    कपिलवस्तु जिल्लाको मुख्य भन्सार नाका कृष्णनगर रहेकाले भारत बाट आउने नेपालीको चाप यसै नाकामा बढी हुने सम्भावना रहेकाले कृष्णनगर नगरपालिका सक्रियता देखाएको छ । कृष्णनगर नगरपालिका का नगर प्रमुख लगायत वडा अध्यक्ष र नगरपालिकाको स्वास्थ्य शाखा सक्रिय रूपमा काम गर्दै आएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    भारत बाट आउने नेपाली लाई प्रहरीको सहयोगमा कृष्णनगर नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा ल्याइन्छ र स्वास्थ्य परिक्षण गरिन्छ । आवस्यकता अनुसार क्वारेन्टाइन मा बस्ने व्यवस्था गरिन्छ क्वारेन्टाइनमा बस्ने को खाना, नास्ता, दैनिक सर सफाई लगायत अन्य आवस्यकता को सम्पूर्ण खर्च कृष्णनगर नगरपालिका ले दिदै आएको छ ।

    भाडा र सकेसम्म नजिक भए घर सम्म समेत पुर्याउने व्यवस्थापन मिलाइएको र विजयनगर गाउँ पालिका , शिवराज नगरपालिका भन्दा कृष्णनगर नगरपालिका मा चाप बढी नै रहेको र आफू र नगरपालिका को तर्फ बाट हुने सम्पूर्ण सहयोग गरेको नै छु र मानवीय सेवामा सम्पूर्ण नगरपालिका टीम लागेकाे कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह ले जिक्र गर्नु भयो । कृष्णनगर नगरपालिका वडा नं २,३ समेतको कृष्णनगरको महेन्द्र मा. वि. मा ३० बेड को क्वारेन्टाइन तयार भै सकेको र थप २० बेडको क्वारेन्टाइन तयार हुदै गरेको त्यस्तै वडा नं ८ र ९ को लागी जुमिला आधारभूत विद्यालय मा ८ बेड को क्वारेन्टाइन र बाकी वडा मा समेत ४-४ बेड का दरले क्वारेन्टाइन निर्माण भै सकेको जानकारी कृष्णनगर नगरपालिका ले दिएको छ ।

    साथै क्वारेन्टाइन को सुरक्षाका लागी दिउसो ५ र रात्रि मा ७ जना सुरक्षाकर्मी पठाएको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिए । साथै सशस्त्र प्रहरी ले समेत ७-७ जना दिउसो र रात्री मा सुरक्षा का निम्ति पठाएको जानकारी सशस्त्र प्रहरी बल ३९ नं गुल्मका गुल्म पति सुशिल शाही ले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं