SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१२ गते
    ९९७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वतको कुस्मामा लक डाउन अबज्ञा गर्ने होटल सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ । कुस्मा नगरपालिका वडा नं ६ धनेश्वरचोकमा सञ्चालन हुँदै आएको नानु होटलकी सञ्चालिका नानु पुनलाई प्रहरीले पक्रेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    होटल खुल्ला राख्दै भीडभाड नगर्न अनुरोध गर्न पुगेको प्रहरी माथि अभद्र ब्यबहार गरेको र अपशब्द समेत बोलेर असहयोग गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रबक्ता प्रहरी निरीक्षक बिकास थापाले जानकारी दिनुभयो ।

    पक्राउ परेकी नानुलाई अभद्र ब्यबहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट बुधबार म्याद थप गरि थुनामा राखिएको छ । होटल सञ्चालकलाई लक डाउन उलङ्गघन गरेको कसुरमा समेत प्रहरीले कारवाहीकोे तयारी गरेको छ ।

    यसैगरी लड डाउनको अबज्ञा गर्ने सर्वसाधारण, सवारी साधनलाई समेत प्रहरीले कारबाही थालेपछि कुस्मामा बुधबार सवारी साधन र पैदल हिड्ने क्रममा कमी आएको छ । गाउँमा भने खसी काट्ने चौतारीमा बस्ने क्रम नरोकिएको भनेर स्थानियबासी आतंकित भएका छन ।

    चैत्र महिना लागेपछि बिदेशबाट फर्केकाहरुमा कारोनाको संक्रमण हुन सक्ने भएपनि उनीहरु गाउँघरमा जताततै डुलेका कारण पनि स्थानियबासी त्रसित भएका छन । गाउँमा पनि भेला नगर्न, घरमै बस्न सबैलाई आग्रह गर्दै स्थानिय जनप्रतिनिधि र प्रहरीले गरेको अनुरोधलाई बेवास्ता गर्नेहरुलाई कारवाही गर्न सकिने पनि प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं