SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१० गते
    ३०४६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपालको म्याग्दी सदरमुकाम बेनीबाट ८ किमी टाढा एउटा यस्तो प्राकृतिक उपचार केन्द्र अवस्थित छ जसको नाम सिंगा तातोपानी कुण्ड भनेर जानिन्छ। अजिब किसिमको बिरे नुनको गन्द आउने तातो पानी कसैले तयार पारिएको पक्कै पनि होइन तर यो चमत्कारी शक्ती जमिन भित्रबाट निस्कीएको हो । तातो पानीमा सल्फरको मात्रा पाइन्छ र यस पानीले रोगको किटानुलाई मार्दो रहेछ जसको तापक्रम ४८ डिग्री सेल्सिएस छ । यहा मानिसहरु देशका विभिन्न ठाउँबाट आफ्नो शरीरको रोग निको पार्न आउने गर्दछन । एउटै कुण्डमा डुब्दा पनि एक विरामीमा भएको रोग अर्कोलाई सर्दैन भन्ने जानकारी पनि तातोपानी व्यवस्थापकहरुले स्कटनेपालको बिशेष कुराकानीमा जानकारी गराउनु भयो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    तातो पानी कुण्डको मुनी बगी रहेको सोस्साई रहेको म्याग्दी काली नदीको हावाले निकैनै मौसमलाई थप चिस्यारहेको हुन्छ। वरी परीको बातावरण एकदमै मन मोहक हुन्छ तर बिरामीहरुलाई यसको कुनै प्रवाह नपरी कुण्डमा डुबिरहेका हुन्छन। गहिरो कुण्डमा पुरुष र महिलाहरु फरक फरक समयमा डुबुल्की मारी रहेका देखिन्छन । आगोमा पानी तताउदा उब्लेको तातो पानी बाट निस्किरहेको बाफ जस्तै कुण्डबाट तातो बाफ उडिरहेको हुन्छ ।

    महिला र पुरुषहरु कुण्डको पानी भित्र मज्जाले डुबी रहेका छन् उनीहरुको अनुहारबाट पसिनाको धारा बगिरहेको देखिन्छ उनीहरुलाइ हेर्दा खेरी पानीमा होइन चर्को घामको तापमा बसीरहेका छन् । केही बेर कुण्डको तातो पानीमा बसी सके पछी बिरामीहरु कुण्डबाट बाहिर निस्कन्छन् र टाउको ढाकेर गुफ्फिन्छन् । जब उनीहरुले कम्वलबाट शरीर देखाउँछन्, उनीहरुको शरिरवाट पसिनाको बगिरहेको हुन्छ । यस्तो लाग्छ की जब पसिनाका धारा शरीरबाट बग्न सुरु हुन्छ उनिहरुको रोग पनि संग संगै पखालीरहेको छ जस्तो ।

    लडेर शरिरको तल्लो भाग नै नचल्ने खालका बिरामीहरु बिभिन्न् हस्पिटल हरुमा लाखौ खर्च गरी निको न हुदा यसै कुण्डमा आएर निको भएर फर्किन्छन। कुण्डमा ३५ दिन भन्दा बढि समय लगातार डुब्ने बिरामी हरु हिडेर घर फर्किने कर्म पनि जारी छ । हस्पीटलमा करोडौं खर्च गरेर पनि निको नभएको रोग यहा आएपछि निको भएको देखिन्छ । पक्कै पनि यो प्रकृतिको चमत्कार भन्ने की एक पटक पुग्ने पन्ने म्याग्दी तातो पानी ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं