SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१० गते
    ९६० &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुस्मा नगर कमिटी पर्वतको संयोजनमा कुस्माबजारका ५ स्थानमा हातधुने ब्यबस्थित स्थल सञ्चालनमा आएका छन । कुस्मामा बाहिरबाट आउने सर्वसाधरणलाई सजिलो होस भनेर मुख्यचोकहरुमा र बसबाट ओर्लनले स्थानमा हात धुने स्थल सञ्चालनमा आएका हुन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेकपा कुस्मा नगरकमिटीले कुस्माको शिबालयचोक, लोकतान्त्रिकचोक, धनेश्वरचोक, मेलमिलापचोक र बड्गाउँमा हातधुने ठाउँ बनाएको छ । हातधुने स्थानमा साबुन, ह्याण्ड वासर र पानीको ब्यबस्थापन गरिएको छ । कोरोनाको संक्रमण फैलन नपाओस र बजारमा आउनेहरुले समेत सहज रुपमा हात धुने अबस्था सृजना गर्न यस्तो ब्यबस्था गरिएको नगरकमिटीका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो ।

    यसैबिच धनेश्वरचोकमा रहेको हातधुने स्थानको औपचारिक उद्घाटन गरि अभियानको शुरुवात गरिएको छ । प्रेस संगठन नेपालका पूर्ब केन्द्रिय बरिष्ठ उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ पर्वतका पुर्ब अध्यक्ष दुर्गाप्रसाद शर्माले उक्त स्थलमा हात धोएर औपचारिक शुरुवात गर्नुभएको हो । कार्यक्रममा नेकपा पर्वतका कार्यालय सदस्य भक्त कुवँर, नगरकमिटी अध्यक्ष शंकर गिरी, जिल्ला सदस्य बिजयराज सापकोटा लगायतले पार्टीका कमिटीहरु पनि संकटको बेला जनचेतना र राहतका काममा जुटनु आबश्यक भएको कुरामा जोड दिनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं