SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/९ गते
    ११०१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना नेपालमा भित्रन नदिन भारतसंगको सिमाना बन्द गर्न सुझाव दिएको छ । चीनवाट सुरु भएको कोरोनाको प्रभाव अहिले १८८ मुलुक सम्म पुगेको छ । नेपालको सिमाना भारतमा पनि कोरोनाको प्रभाव देखिए पछि विश्व स्वास्थ्य संगठनले नेपाललाई यस्तो सुझाव दिएको हो ।विश्व स्वास्थ्य संगठनल अहिले विश्वमा देखिएको कोरोना नि य न्त्रणको प्रयासमा लागेको छ । चीनको उहान शहरबाट शुरु भएको यो कोरोनाको प्रभाव अहिले युरोप तिर पुगेको छ । चीनमा कोरोनाको सं क्र म ण घट्ने क्रममा रहेको अवस्थामा विश्व स्वास्थ्य संगठनले इटालीलाई नयाँ ‘इपिसेन्टर’ तोकेको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    इटाली, स्पेन लगायत युरोपका सबैजसो देशमा ‘दिन दुगुना रात चौगुनाको दरले’ कोरोना फैलिएको छ। निधन हुनेको संख्या पनि सोही अनुपातमा बढेको बढ्यै छ। बेलायत र अमेरिकामा पनि निधन हुनेको संख्या बढिरहेको छ। यस्तो अवस्थामा रोकथाम र फैलिरहेका राज्यसंग समन्वय गरेर काम गर्न विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोसको नेतृत्वमा ‘न्यूक्लियस टिम’ बनेको छ। सो टिमले नियमित पत्रकार भेटघाट गर्छ। पत्रकार भेटघाटमा नेपालको समेत सन्दर्भ जोडेर गरिएका प्रश्नको सारांश छ–कोरोना भाइरसबाट बाँच्ने उपाय घरमै बस्नु नै हो। नेपाल र अन्तर्राष्ट्रिय स्थितिलाई लिएर भर्खरै गरिएको पत्रकार भेटघाटको सारसंक्षेप।

    चीनमा कोरोनाको बारेमा सबैभन्दा पहिला बताउने चिकित्सकको कुरा सरकारले पत्याएन । कोरोनाकै कारण ति चिकित्सकको निधन भइसकेको छ । अहिले सरकारले सो चिकित्सकका परिवारसंग माफी मागेको छ । विश्व स्वास्थ्य संगठनले त्यसको जानकारी पाएलगत्र्त चिनियाँ सरकारसँग समन्वय गरेर तत्काल उहान ‘लक–डाउन’ गर्ने लगायतका रणनीतिक काम गरेका थियो । जेनेभाबाट टिम नै गएर राष्ट्रपति सी चिङफिङसँग बसेर रणनीति बनेको हो। तत्कालै ‘लक–लडाउन’ गरेर चीनले आफ्ना सबै उपाय अपनाउनाले आज नि य न्त्रण को अवस्थामा आइपुगेको हो। हामीले ‘पा न्डे मिक’ घोषणा गर्न ढिलो भएर आएको भयावहस्थिति होइन यो।

    मानिसलाई कोरोना लाग्यो कि म रि न्छ भन्ने भ्रम छ । तर कोरोना शरीरमा प्रवेश गरेपछि सबैलाई त्यसको लक्षण नदेखिन पनि सक्छ । देखिएका मानिसमा पनि नियन्त्रण भएर जीवन सामान्य पनि हुन्छ। कमजोर स्वास्थ्यस्थिति खासगरी श्वासप्रश्वासका रोगीमा यसले बढी असर गर्ने हो। नेपालमा अहिले सम्म कोरोनाको सं क्र म ण देखिएको छैन । तर सरकारले तयारी भने गरेको छ । प्र ति रोध क्षमता बलियो भएकोले सहयोग गरेको पनि हुनसक्छ। अहिलेसम्म म हा मा री नदेखिनु साह्रै राम्रो कुरा हो तर यसो भन्दैमा ढुक्क हुनु हुँदैन।

    तत्कालै भारतसँग जोडिएका सिमा बन्द गर्नुपर्ने विश्व स्वास्थ्य संगयठनको सुझाव छ । भारतवाट नेपाल भित्रनहरुको पनि स्वास्थ्य परीक्षण गरेर १४ दिने क्वारेन्टाइनमा लगिहाल्नुपर्छ। नेपालमा तयारीको अवसर भएकाले त्यसको सदुपयोग गर्न संगठनले आह्वान गरेको छ । भोलि सं क्र म ण फैलिहालेको खण्डमा आपतकालीन संरचनातिर ध्यान दिनुपर्छ। हुलमुलमा नजाने, हात नमिलाउने र घरमै बस्ने। राज्य बोलेर मात्र हुँदैन। राज्यको तर्फबाट तयारी हुनैपर्छ। अर्कोतिर जनताले पनि राज्यले भनेको मान्नुपर्छ। सं क्र मि त हुनबाट जोगिने उत्तम उपाय घरमै बस्नु हो। घरमै बस्नुपर्छ। अनि भाइरस नि य न्त्र णमा आउन सक्छ, विश्व स्वास्थ्य संगठनले भनेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं