SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/७ गते
    १०१३ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघको लाइब्रेरी कोरोना भाइरस सम्बंधि मुस्लिम समुदायको धर्मगुरुहरु लाई समाजमा सावधानी अपनाउन प्रयास गर्ने संदेश दिइयो। नेकपा का केन्द्रीय सदस्य सिराज अहमद फारुकी ले सबै मुस्लिम समुदायलाई भिडभाड ठांउमा नजान,सबै मिलेर सरकारको हरेक निर्णय लाई मानेर सावधानी अपनाउन आग्रह गरे।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    आफ्नो विचार राख्दै राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले हरेक धर्मका धर्म गुरुले विश्वमा महामारी को रूपमा फैलिएको कोरोना भाइरस लाई रोक्न समाजमा जनचेतना फैलाउनु पर्ने, स्वास्थ्य लगायत अन्य क्षेत्रमा समेत धेरै अगाडि रहेका राष्ट्र हरू समेत उक्त महामारी रोक्न धेरै चुनौती को सामना गर्दै आएका भारत समेत प्रभावित रहेकाले नेपाल मा समेत सबै नेपाली लाई सावधानी अपनाउन आग्रह गरे ।

    मदरसा बोर्ड प्रदेश नं ५ का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले नेपाल सरकारले दिएको निर्देशन लाई मुस्लिम समुदाय समेत अपनाई कोरोना भाइसको रोकथाम गर्न र सचेतना अपनाउन आग्रह गरे । इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले नेपाल सरकारको अभियान मा नै मुस्लिम समुदाय रहेको कुरा सराहनीय रहेको जिक्र गरे । समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता अकरम पठान ले राष्ट्रीय मदरसा संघले धर्म गुरु हरूलाई सचेतना फैलाउने कार्य प्रशंसनीय रहेको छ । कृष्णनगर नेकपा नगर अध्यक्ष जावेद आलम खान, मौलाना अब्दुल रसिद मदनी, शैख अब्दुल मन्नान सल्नी,मौलाना अब्दुल अजिम मदनी, मौलाना अकिल अहमद नइनी, दिनेश गुप्ता, अब्दुल अजिज रहे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं