SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/७ गते
    १८२१ &#२३४६;&#२३३५;&#२३२५;

    शहबाज खान, कपिलवस्तु  ।
    कपिलवस्तुको कृष्णनगर नगरपालिकामा उपप्रमुख र निमित्त प्रमुख प्रशासकिय अधिकृत विच विवाद भएको छ । नगरपालिकामा हाल सम्म कुनै पनि विकास निर्माणको काम नभएको तर कागजात मिलाएको भरमा भुक्तानी दिएको र उपमेयरलाई कुनै जानकारी विना टेण्डर गरेको भन्ने विषयमा विवाद भएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उपप्रमुख सबनम खातुनले प्रेस बिज्ञप्ति समेत जारी गरेकी छिन। यस नगरपालिका बाट आवश्यक कागजात र रीत नपुगेका उपप्रमुख को अनुगमन तथा अनुगमन प्रतिवेदन पेश नै नभएका तपशील का योजना हरुमा भएको भुगतानी साथै आवश्यक कागजात र रीत नपुगेका टेण्डर प्रकृया अगाडी बढाईएको बारेमा प्रश्न गर्दा नगरपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र चौधरी बाट प्राप्त जबाफ पदिए जिम्मेवारी अनुसार नभएको ले र मेरा सलाहकार संग केही भनाभन समेत भएको ले उपप्रमख को अधिकार माथि सम्बन्धित व्यक्तिले गरेको उक्त व्यावहार र अपमान प्रति घोर आपत्ति प्रकट गरेको बताएकी छिन।

    खातुनको भनाईनुसार मलाई जानकारी नै नदिई एकलौटि रुपमा टेण्डर आह्वान गर्ने , टेण्डर निकाल्ने र भुक्तानी दिएको विषयमा विवाद भएको छ। विकास निर्माणको काम नभएको तर १ करोड भन्दा बढि रकम निकासा दिएको १:-रानी फिल्ड सरसफाई वडा नं ३, माडा धर्मशाला निर्माण वडा नं९,श्री राम गोरखा मा. वि.भवन वडा नं९, पल्टा माई सामुदायिक भवन वडा नं९, डुमाई घाट पुल निर्माण वडा नं१ योजनाका कामहरुको उपप्रमुख अनुगमन विना नै निमित्त प्रमुख प्रशासकिय अधिकृत लगायतको मिलेमतोमा भुक्तानी गरेको जनाए । विहिबार खुल्न लागेको वडा नं. ३ र ८ को पोखरी सुन्दरीकारणको टेण्डर र वडा नं. ९ र १० को बाटो निर्माणको टेण्डरका बारेमा पनि उप मेयरलाई कुनै जानकारी किन नदिएको भन्ने विषयमा बुझ्न खोज्दा विवाद भएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं