SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/६ गते
    २९४१ &#२३४६;&#२३३५;&#२३२५;

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नको लागी काठमाण्डौ वासीलाई अत्यावश्यक काम बाहेक सरकारले बाहिर ननिस्कन आग्रह गरेको छ । काठमाण्डौ प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै अर्को निर्णय नहुन्जेलसम्मका लागि काठमाण्डुका बासिन्दालाई अत्यावश्यक काम परेका बेलाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको जानकारी दिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    ‘बुधबार जिल्ला सुरक्षा समितिको बैठक राखेर तत्काललाई काठमाण्डौमा कुनै पनि सभारसमारोहरठूलो जमघटन नगर्नरनगराउन तथा भिडभाड नजान काठमाण्डुका नारिककलाई आग्रह गरेका छौं, ‘अर्को निर्णय नहुन्जेलका लागि हामीले कुनै पनि सभारसमारोहका लागि अनुमति माग्न आएकालाई पनि हामीले अनुमति दिएका छैनौं,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने । स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको समेतको निर्णय र आग्रहअनुसार यस्तो निर्णय गरिएको उनले बताए।

    ‘अब यहाँ (काठमाण्डौ) पनि कसलाई कोरोना छ कि छैन कुनै ग्यारेन्टी छैन, कुनै सभारसमारोह गर्दा कोरोना महामारी फैलियो भने कसले जिम्मेवारी लिने ?,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘त्यसैले अब घरभित्रै बस्ने, तातोपानी खाने, अत्यावश्यक काम नभईकन घरबाहिर ननिस्किने।’

    त्यस्तै यसअन्तर्गत आउँदै गरेको होली (फागु पर्व) पनि नमनाउन आग्रह गरिएको उनले बताए। ‘हामी तपाईंहरूको सञ्चारमाध्यममार्फत काठमाण्डौका वासिन्दालाई विशेष अनुरोध गर्छौं कि अहिले कोरोना सं’क्रम’णले विश्वमै आ’तंक मच्चाइरहेको छ, नेपाल पनि त्यसको उच्च जोखिममा छ,’ त्यसैले सचेत बनौं, सतर्कता अपनाऔं, महामारी भित्रिन नदिऔं,’उनले भने ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसका कारण भिडभाड जम्मा भएर कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ। बिहीबार एक सूचना जारी गर्दै भीडभाड, भेला, सम्मेलन जस्ता कार्यक्रम नगर्न आग्रह गरेको हो। जारी सूचनामा भनिएको छ ‘कोरोना संक्रमणबाट जोगिनका लागि भीडभाडमा नजान तथा भेला, सम्मेलन नगर्न अनुरोध छ।’ ‘विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली)लगायतका कार्यक्रम नगर्न अनुरोध गरिएको सूचनामा उल्लेख छ। त्यस्तै सिन्धुपाल्चोकलगायत अन्य जिल्लाहरुमा पिन भीडभाड हुने कार्यक्रम नगर्न प्रशासन कार्यालयले अनुरोध गरेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं