SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/५ गते
    १८८२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं : सरकारले ३ हप्ता विद्यार्थीलाई स्कुलमा नबोलाउन अपिल गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसका कारण ३ हप्ता विद्यार्थीलाई विद्यालयमा नबोलाउन अपिल गरेका हुन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    ‘अब ३ हप्ता विद्यार्थीलाई विद्यालयमा भर्ना र प्रवेश परीक्षा भनेर नबोलाउन विद्यालयहरूलाई भनेका हौँ’, मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकासन गर्ने समयसम्म विद्यालय बन्द नै हुने भएकाले ३ हप्ता विद्यार्थीलाई विद्यालयमा नबोलाउन भनिएको हो ।’

    संक्रमणको त्रास रहेको यो अवस्थामा परीक्षा सकेका विद्यार्थीहरुलाई घर बाहिर नजान एवम् यो अवधिमा मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखि बिद्यालयमा साँस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भिडभाड वा आम भेला नगर्न सबैमा अनुरोध गरिएको छ ।

    २०७६ सालको माध्यमिक शिक्षा (एसइइ) परीक्षा यही चैत ६ गतेदेखि १७ गतेसम्म हुने भएकाले कसैलाई भ्रममा नपर्न समेत विज्ञप्तीमा जानकारी दिइएको छ । कक्षा १ देखि ९ सम्मको परीक्षा भोलि सकिँदै छ । कोरोना भाइरसका कारण विद्यालयको परीक्षा अगाडि सारिएको थियो ।

    १ महिना स्कुल सञ्चालन नहुने भएपछि संस्थागत विद्यालय (बोर्डिङ्ग स्कुल)हरुले एक महिनाको विद्यालयको शुल्क मिनाहा हुनुपर्छ भन्दै आवाज उठीरहेको छ । एक महिनाको शुल्क मिनाहा हुनुपर्छ भन्ने आसयको एउटा स्टाटस हामीले आज बिहान फेसबुकमा राख्दा त्यसमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं