SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/३ गते
    १७९१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको संकम्रण देखिन थालेपछि विश्वभरका मानिसहरुले अत्यावश्यक सामानहरुको जोहो गर्न थालेका छन् । नेपालीहरुमा अहिलेसम्म कोरोना भाइरसको सङ्कमण त देखिएको छैन (एकजना निको भएर घर फर्केको बाहेक) । तर कोरोनाले कुनै भौगोलिक सिमा नहेर्ने भएकाले यसबाट सतर्कता अपनाउन जरुरी छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    केही दिनदेखि नेपालमा पनि विगतको नाकाबन्दीको झल्को दिने गरी ग्याँसका लाइनमा मानिसहरु बसिरहेका खबर ताजा समाचारमा प्रकाशित भएको थियो ।बढ्दो मागको ग्यासलाई मध्यनजर गर्दै नेपाली विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ्गले केही समय अगाडी भनेको कुरालाई स्मरण गर्दै हामी आम नेपालीहरुमा ग्यासको खपत कम गरेर बिजुलीका सामानहरुबाट खान पकाउनको लागि अनुरोध गर्दछौं ।नेपाल विद्युत् प्राधिकरणले पनि विद्युत् बढीभन्दा बढी प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ ।

    १८ घण्टासम्मको विद्युत कटौती भोगेका नेपालीहरूले खानापकाउनका लागि ग्यासभन्दा भरपर्दो र सस्तो विकल्पका रूपमा बिजुलीलाई मान्न तयार भइसकेका छैनन् । त्यसो त अहिले पनि प्राविधिक कारणले छिटपुट बत्ती जाने क्रम चलिरहेकै छ । प्राधिकरणले यसलाई आगामी दिनमा सुधार गर्ने बाचा गरिरहेको छ ।

    उपभोक्ताले ग्यासलाई प्राथमिक ऊर्जाको रूपमा प्रयोग गरेकाले ग्यास र विद्युत् कुन सस्तो भन्ने राम्रो तुलना नै हुन सकेको छैन । ग्यासको तुलनामा विद्युत् ऊर्जा सस्तो हुने सहज आँकलन गर्न सकिन्छ । साथै, नेपालको व्यापार घाटा न्युनिकरणका लागि समेत यसले टेवा मिल्न सक्ने भएकाले ग्यासलाई बढिभन्दा बढि विद्युतले प्रतिस्थापन गर्नु देशहितमा हुन्छ ।

    २०७५ माघ ११ गते इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा रहेको ऊर्जा अध्ययन केन्द्रले खाना पकाउन एलपी ग्यास, विद्युत तथा मट्टीतेलबाट लाग्ने खर्चबारे तुलनात्मक अध्ययन गरेको थियो ।

    खाना पकाउने ऊर्जाको मूल्यबारे नेपालमा भएको सम्भवतः यो नै पहिलो अध्ययन हुनसक्छ । उक्त अध्ययनले सन् २०१९ मा नेपाल विद्युत् प्राधिकरणले तोकेको बिजुलीको विद्यमान मूल्यअनुसार, ५ जनाको परिवारले १५ एम्पियरकोविद्युत् महसुल अनुसार खाना बनाउन मट्टितेल प्रयोग गरियो भने मासिक १२ सय ४० रुपैयाँ खर्च हुने देखाएको थियो ।

    त्यस्तै अहिले अत्यधिक प्रयोग भइरहेको एलपी ग्यासमा ५ जनाको परिवारलाई खाना बनाउँदा एक महिनामा १४ सय ७८ रुपैयाँँ खर्च हुन्छ ।बिजुलीको जुनसुकै माध्यमबाट ५ जनाको परिवारलाई खाना पकाउँदा ११ सय १४ रुपैयाँ मात्रै खर्च हुने देखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं