
१सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
३ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
६महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
७जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
८जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
९भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
१०मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
९फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
१२बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
काठमाडौं । घरेलु वि’षाक्त म’दिरा सेवनका कारण एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । आज जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलमा वि’षाक्त म’दिरा सेवनले थप तीनको मृत्यु भएको छ । यससँगै धनुषामा वि’षाक्त म’दिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । आज मृत्युु हुनेमा मुसहरी टोलका बनारसी देवी सदा, मिथिला सदा र झगरु सदा रहेका छन् । होलीका अवसरमा रक्सी खाएका बनारसीदेवीको शुक्रबार साँझ र मिथिला र झगरुको आज मृत्यु भएको हो । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा शुक्रबारसम्म १२ जनाको मृत्यु भइसकेको थियो ।
सबैको शुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर मृत्यु हुने गरेको स्थानीयवासीले बताएका छन् । म’दिरा सेवनकै कारण भरत मण्डल, ईश्वर महरा, शम्भु महरा, उपेन्द्र महरा र सीताराम यादव सिकिस्त बिरामी छन् । ईश्वरको सिटी अस्पताल जनकपुरमा उपचार भइरहेको छ । अन्यको पनि जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक पप्पु नायकका अनुसार उनीहरूले होलीमा अत्यधिक घरेलु म’दिरा सेवन गर्दा मृत्यु भएको बताउनुभयो । प्रनि नायकले भन्नुभयो, “उनीहरूले स्थानीय पसलबाट म’दिरा खाएको र कुन म’दिरा खाएको हो पुष्टि गर्न अनुसन्धान थालेका छौँ ।” उहाँले स्थानीय केही पसलबाट म’दिरा नियन्त्रणमा लिएर विषालु हो÷होइन जाँच गर्न पठाएको बताउनुभयो । प्रनि नायकले अवैध घरेलु म’दिरा बेचेको आरोपमा स्थानीयवासी रामनन्द साह र तारापट्टीबाली भनिने छठियादेवी चौधरीलाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको बताउनुभयो ।
सारा गाउँ शो’कमग्न : अहिले वि’षाक्त घरेलु म’दिराले निम्त्याएको मानवीय क्षतिका कारण सारा रमदैया गाउँ नै शो’कमा डुबेको छ । म’दिरा सेवनबाट मृत्यु हुनेहरु प्रायः गरिब विपन्न र दलित समुदायका छन् । दैनिक ज्याला मजदूरी गर्ने घरपरिवारमा कमाउने व्यक्तिको मृत्युपछि बालबच्चा, वृद्धवृद्धा बाबुआमा तथा श्रीमतीको बिच्चली हुने अवस्थामा छन् ।
७० वर्षीया वृद्धा सिलोचनादेवी मण्डलले शत्रुधन र रामविलास दुई जवान छोरा गुमाउनु परेको छ भने अर्का छोरा पनि भरत पनि अस्पतालको सघन उपचार कक्ष ‘आइसियू’मा जीवनमरणको दोसाँधमा छन् । छोराहरु गुमाएको पीडा र अर्का छोराको गम्भीर अवस्थाबारे सुनेर वृद्धा सिलोचना पनि मुर्छा परेका छन् । घरीघरी होसमा आउँदा एउटै वाक्य दोहो¥याउँछिन्, ९“छोराहरुलाई भगवान्ले खोसे र म बूढी किन जिउँदै छु ।”
उनीहरु तीनैजना दाजुभाइले छिमेकी शम्भु चौधरीको पसलबाट घरेलु म’दिरा ल्याएर खाएका थिए । अहिले घटनाबारे थाह पाएर शम्भु फरार छन् । त्यसैगरी मृत्यु हुनेमध्येका वैदेशिक रोजगारीमा मलेसिया रहेको रामविलास १० दिनअघि मात्रै घर फर्केका थिए । तीन छोरी र एक छोरा रहेका रामविलासको घरको आर्थिक अवस्था दयनीय छ । रामविलासकी श्रीमती फुलो देवी पनि अहिले अचेत अवस्था छिन्, फुलो देवी होसमा आउँदा रुँदै भन्छिन्, “मेरो संसार नै उजाडियो, घरमा कमाउने अब कोही छैन, २० लाखभन्दा बढी ऋण छ । अब कसरी तिर्ने रु छोरीहरूको विवाह कसरी गर्ने रु”
त्यस्तै मृत्यु हुने अर्का ब्रह्मदेव यादव अघिल्लो साता मात्र भारतको दिल्लीबाट फर्र्किएका थिए । दिल्लीमा एक–एक चाइनिज कम्पनीमा काम गरिरहेका ब्रह्मदेव कोरोना त्रासका कारण कम्पनी तत्कालका लागि बन्द भएपछि घर फर्केका थिए । भाइसँग बसेर बुधबार म’दिरा पिएका उनको बिहीबार दिउँसो मृत्यु भयो । शुक्रबार ज्यान गुमाएका इन्द्रजीत महराले सानो किराना पसल चलाएर घरपरिवार पाल्दै आएका थिए । अन्य मृतक रामविलास महरा र राजु महरासँगै बसेर उनले घरेलु म’दिरा सेवन गरेर बिरामी भएका थिए । उपचारका लागि धरान लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भयो ।
डेढ वर्षअघि अञ्जु महरासँग विवाह गरेका इन्द्रजीतको ६ महिनाकी छोरी छिन् । घरमा कमाउने इन्द्रजीत मात्रै थिए । श्रीमान्को मृत्युले अञ्जु पनि अचेत अवस्था छिन् । इन्द्रजीतकै घरको अवस्था रामविलास, राजु र गदरी महराको घरमा छ । उनीहरू सबै छिमेकी हुन् ।
नक्कली म’दिरा उत्पादन र बिक्री : धनुषामा वार्षिक करीब तीन करोडभन्दा माथिको नक्कली म’दिरा उत्पादन र बिक्री वितरण भइरहेको छ । धनुषा प्रहरी स्रोतका अनुसार जिल्लामा दैनिक १० हजार लिटर अवैध घरेलु म’दिरा उत्पादन हुन्छ । दैनिक पाँच हजार लिटर त जनकपुर बजारमै आउँछ । आन्तरिक राजश्व कार्यालय जनकपुरको तथ्याङ्कअनुसार धनुषामा क्षीरेश्वर डिस्टिलरी प्रालि, साङ्ग्रिला डिस्टिलरी प्रालि, छिन्नमस्ता डिस्टिलरी प्रालि र धनुषा डिस्टिलरी प्रालिले मात्र म’दिरा उत्पादन गर्ने अनुमति प्राप्त गरेका छन् ।
त्यसैगरी सर्लाहीको अमरावती मधुशाला प्रालिले हरिवनमा रक्सीको कच्चापदार्थ स्प्रिट उत्पादन गर्ने अनुमति प्राप्त गरेका छन् । यसबाहेक उत्पादन हुने रक्सीहरु धनुषा, महोत्तरी र सर्लाहीमा अवैध मानिन्छन् । धनुषाका धनुषाधाम नगरपालिकाको धारापानी, मालटोल, राई होटेल, मगरटोल, गणेशमान–चारनाथ नगरपालिकाको वीरेन्द्र बजार, मिथिला नगरपालिकाको पुष्पवलपुर, मरधर क्षेत्रमा घरेलु म’दिरा बढी उत्पादन हुने गरेको छ ।
क्षीरेश्वरनाथ नगरपालिकाको सखुवा बजार, मिथिला–विहारी नगरपालिकाको तारापट्टि, जनकनन्दनी गाउँपालिकाको बल्हा गोठ, जनकपुर उपमहनगरपालिकाको लादोवेलालगायत क्षेत्रमा पनि घरेलु म’दिरा उत्पादन गर्ने भट्टी छन् । सस्तो हुने भएकाले निम्न आय भएका व्यक्तिहरू घरेलु उत्पादन नै खान्छन् । घरेलु म’दिरा लिटरको रु डेढ–दुई सयमा पाइन्छ । धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले घटनाबारे अनुसन्धान शुरु भएको बताउनुभयो । उहाँले घरेलु वि’षाक्त म’दिरा सेवनका कारण यति धेरै मानवीय क्षति भएकाले घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धान शुरु गरिएको बताउनुभयो ।
अनुसन्धानका लागि सात पक्राउ : धनुषामा वि’षाक्त घरेलु म’दिरा सेवनका कारण मानवीय क्षति भएपछि प्रहरीले अनुसन्धानका क्रममा म’दिरा बिक्री वितरण गर्ने सातजनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । धनुषाका प्रहरी नायब उपरीक्षक कार्कीले घटनाबारे अनुसन्धान शुरु भएको बताउनुभयो । उहाँले घरेलु वि’षाक्त म’दिरा सेवनका कारण यति धेरै मानवीय क्षति भएकाले घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धान शुरु गरिएको बताउनुभयो ।
प्रहरी नायब उपरीक्षक कार्कीले अनुसन्धानका लागि म’दिरा बेचबिखन गर्ने सातजनालाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ पर्नेहरुमा महोत्तरीको भङ्गहा नगरपालिका–३ सखरी टोलका ४७ वर्षीय जगतनारायण मण्डल, धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–६ को बगेवा गाउँका २४ वर्षीय नवीन यादव, ५० वर्षीय घुरन यादव, क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैया बस्ने ४५ वर्षीया तारापट्टीबाली भनिने छटियादेवी मण्डल, रमदैयाकै ४१ वर्षीय जयकुमार यादव, ४८ वर्षीय रामनन्दन साह र जनकपुरधाम उपमहानगरपालिका–१४ रजौल बस्ने ३५ वर्षीया शीतलदेवी यादव रहेका छन् । अवैध वि’षाक्त घरेलु म’दिरा सेवन गरेका कारण नै भएको बताइए पनि मृत्युको वास्तविक कारण के हो भन्नेबारे अनुसन्धान जारी नै रहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । धनुषामा वि’षाक्त घरेलु म’दिरा सेवनका कारण पछिल्लो दुई साताभित्र १५ जनाको मृत्यु भइसकेको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया