SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१ गते
    १०३२ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, चन्द्रौटा , कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा पाँच दिने उद्धघोषण तथा पत्रकारीता तालिम सुरु भएको छ । शिवराज नगरपालिकाको सहयोग तथा राज’ मिडिया प्रालिको आयोजनामा उक्त तालिम सुरु भएको हो । तालिमको उद्धघाटन शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले गर्नुभएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उद्धघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले नगरका गतिविधिहरुलाई निगरानी गर्ने काम पत्रकारको रहेको बताउनुभयो । गलत कामलाई खबरदारी गरि सहि कामलाई प्रचार गर्ने जिम्मा पनि संचारकर्मीहरुको रहेकोले पत्रकारहरु गम्भीर बन्नुपर्ने बताउनुभयो ।

    नगरले पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न कार्यक्रमहरु राखेको हुदाँ ति कार्यक्रममा सहभागी हुन पनि आग्रह गर्नुभयो । “देशको चौथो अंग भनेर पत्रकारलाई चिनिन्छ” उहाँले भन्नुभयो “सत्य तथ्य बुझेर समाचार सम्प्रेशण गर्नुहोस, । ”

    कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले पत्रकारीतामा केहि चुनौतिहरु रहेपनि जनताले पत्रकारहरुलाई विश्वास गर्ने बताउनुभयो । अहिले तिन वटै सरकारलाई झकझकाउने काम पत्रकारहरुले गरेको भन्दै सत्य तथ्यको आधारमा पत्रकारीता गर्न सुझाव दिनुभयो । स्थानिय स्तरमा विषयगत पत्रकारीता गर्न आवश्यक रहेको भन्दै पत्रकारहरुले व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल,चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेर मिया,वरिष्ठ उपाध्यक्ष ईश्वरी पाण्डे,राष्ट्रिय मानव अधिकारी प्रतिष्ठान कपिलवस्तुका सभापती विष्णु खतिवडाले पत्रकारीतालाई थप गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका थिए । ५ दिन सम्म चल्ने उक्त तालिममा समाचार लेखन तथा वाचन शैलि,उद्धघोषक,रेडियो कार्यक्रम संचालन,शव्द चयन लगाएतका विषयमा प्रशिक्षण दिईने स्युराज’ मिडिया प्रालिका अध्यक्ष अर्जुन बेल्वासेले बताउनुभयो । तालिमको उद्धघाटन स्युराज’ मिडिया प्रालिका अध्यक्ष अर्जुन बेल्वासेको अध्यक्ष , नगर प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा शरद अधिकारीको स्वागत र माधव बेल्वासेको संचालनमा सम्पन्न भएको हो । तालिममा ५५ जनाको सहभागिता छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं