SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२७ गते
    ७८७१ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । 
    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिल्लामा निर्माणाधीन विभिन्न १९ सडकहरु मध्ये नेकपा मुख्य सचेतक देव गुरुङको सिफारिस अनुसार स्थानिय भूगोल मिलाएर ६ सडक योजनामा थप रु १० करोड बजेट विनियोजन गरेको छ । सडक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा रातो किताबमा परेका योजनामा सम्बन्धित निर्वाचन क्षेत्रका सांसदको सिफारिसमा मन्त्रालयले थप बजेट उपलब्ध गराएको बताइएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    चालु वर्षका योजनामा थप बजेटका लागि सांसदसँग प्राथमिकताका आधारमा योजना माग भएकामा योजना छनोट गरी पठाएको मन्त्रालयले हालै योजना स्वीकृत गरी कार्यान्वयनका लागि सडक विभागलाई पठाएको मुख्य सचेतक एवं लमजुङ जिल्लाका सांसद देव गुरुङले जानकारी दिए । निर्माणाधीन योजनामा बजेट अभावले काममा ढिलाइ हुन नदिन थप बजेटको प्रबन्ध गरिएको हो । प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको जिल्लाको ६ सडक योजनाहरुमा रु १० करोड बजेट विनियोजन गरिएको छ ।

    निर्वाचन क्षेत्र अनुसार, १) बेसीशहर नगरपालिका स्थित बेसिशहर – गाँउशहर दरवार – बाख्रेजगत – नाल्मा – रामवजार सहिद हरिकला सडकमा रु १ करोड ५० लाख, २) सुन्दरबजार र मध्यनेपाल नगरपालिका जोड्ने परेवाडाँडा – कुन्छा – भागिरथी भन्ज्याङ – जिता टक्सार – सूर्यपाल सडकमा रु २ करोड, ३) राइनास नगरपालिका र दुधपोखरी गाउँपालिका जोड्ने तनहुँको तुरतुरे हुँदै गोरखा पालुङ्टार हवाई ग्राउन्ड- लमजुङको चेपेनदी ( कालिरह ) – गरमवेशी – धमिलिकुवा- बोराङ्गखोला – विचौर – दूधपोखरी – कुनाघाट गोर्खा भच्चेक जोड्ने सडक (दुई खण्डमा) रु २ करोड, त्यस्तै, ४) मर्स्याङ्दी गा.पा. स्थित खुदी – सिम्पानी – भलामचौर – घलेगांउ सडकमा रु १ करोड, ५) दोर्दी गाउँपालिका स्थित भोटेओडार – वेलघारी – भारते – गौडा सडकमा रु २ करोड र ६) क्लहोसोथार गाउँपालिका स्थित रामबजार – गिलुङ – साल्मेभन्ज्याङ – पसगांउ सडकमा रु १ करोड ५० लाख गरी कुल १० करोड विनियोजन गरिएको मुख्य सचेतकका स्वकिय सचिव कमल खड्का बताउँछन। त्यस्तै कास्की जिल्लाको सांसदवाट कास्की – लमजुङ जोड्ने कास्कीको तालबेँसी– सिङ्दी हुँदै पसगाउँ जोड्ने सडकका लागि रु दुई करोड बजेट व्यवस्था गरिएको छ, जसले गर्दा कास्की र लमजुङ दुवै जिल्लाका जनता लावन्धित हुनेछन।

    त्यसैगरी संघीय सरकार अन्तर्गतका केन्द्रीय सडक योजनाको सम्पूर्ण कार्य डिभिजन सडक कार्यालय दमौलीले कार्यान्वयन गर्ने बताइएको छ । यस सम्बन्धमा विस्तृत रुपमा सम्बन्धित निकायमा बुझ्दा, दमौली डिभिजन प्रमुख अमित कुमार श्रेष्ठका अनुसार १० करोड थप गरिएका ६ वटा सडक योजनाहरु र आ.ब. २०७६/०७७ मा १/१ करोड परेका हाल टेण्डर हुन बाकी रहेका सडकहरूकाे संयुक्त रुपमा यही फाल्गुन २९ गते भित्रमा टेण्डर आह्वान हुने बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं