SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२६ गते
    ७६१ &#२३४६;&#२३३५;&#२३२५;

    चन्द्रौटा(कपिलवस्तु), ।
    नेकपा निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन शिवराज नगर कमिटीमा नयाँ नेतृत्व चयन भएको छ । शिवराज नगरपालिकाकाभित्र रहेका शिक्षकहरुको भेलाले चिरन्जीवि घिमिरे अध्यक्ष रहेको नयाँ नगर कमिटी सर्वसम्मत चयन गरेको हो । एकीकृत अखिल नेपाल शिक्षक संगठन शिवराज नगर कमिटीका बरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद पौडेल, उपाध्यक्षमा कुण्डला गिरी, सचिव जीवलाल भुसाल, सहसचिव दिपेन्द्र खडका, कोषाध्यक्षमा विशाल पाण्डेलाई भेलाले सर्वसम्मत चयन गरेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    त्यस्तै सदस्यहरुमा महेश्वर खनाल, यज्ञ बहादुर कठायत, सुभाष केसी, रोहित गिरी, प्रगति पोख्रेल, मन्जु सापकोटा, भगवान दत्त पासी र बाकपुरा रोका चयन भएको नव निर्वाचित अध्यक्ष चिरन्जीवि घिमिरेले जानकारी दिएका छन् ।

    नव निर्वाचित अध्यक्ष घिमिरेले विद्यालयमा सुधारमूलक काम गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य बालकराम बुढाले नव गठित नगर कमिटीलाई सफलताको शुभकामना दिंदै शिक्षकले नै विद्यार्थी तथा विद्यालयको गुणस्तरमा ध्यान दिन आग्रह गरे । बुढाले शिक्षकहरुको केही समस्या भए आफूहरुले समाधान गर्ने प्रतिबद्धता समेत जाहेर गरे । सोही भेलालाई सम्बोधन गर्दै नेकपा शिवराज नगर अध्यक्ष दिनेश पुनले शिक्षकहरुलाई ढुक्क भएर शिक्षा प्रवाह गर्न अनुरोध गरे । शिक्षकहरुले विद्यालय सुधारको लागि लाग्नुपर्ने सुझाव दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं