SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२६ गते
    ९७७ &#२३४६;&#२३३५;&#२३२५;

    चन्द्रौटा(कपिलवस्तु), ।
    रोट्याक क्लब अफ कपिलवस्तुले जिल्लाको चन्द्रौटामा निःशुल्क माक्स वितरण गरेको छ । विश्वभर कोरोना भाइरसको त्रास फैलिएको बेला पूर्व सावधानीका लागि निःशुल्क माक्स वितरण गरिएको रोट्याक क्लब अफ कपिलवस्तुका अध्यक्ष दिपक घिमिरेले जानकारी दिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    बजारमा व्यापारीहरुले माक्सको कृत्रिम अभाव गरेको औल्याउँदै रोट्याक क्लब अफ कपिलवस्तुका अध्यक्ष घिमिरेले सर्वसाधारणलाई माक्स सर्वसुलभ रुपमा उपलब्ध गराउन आग्रह समेत गरे । माक्स नेपालमै सस्तो र सर्वसुलभ रुपमा उत्पादन गरी हरेक जनमानसमा पु¥याउन सकिने उनले बताए । नेपालकै उत्पादनलाई बढावा दिन पाल्पामा निर्मित ढाकाको माक्स निःशुल्क रुपमा वितरण गरिएको उनले जनाए ।

    “ब्यापारिक नगरी चन्द्रौटामा बढी भिडभाड हुने भएकोले चन्द्रौटालाई लक्षित गरी माक्स वितरण शुरुवात गरेका हौं”–घिमिरेले भने । माक्स वितरण गर्दै रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष ज्ञानुप्रसाद पोखरेलले मानव स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर रोट्याकले ल्याएको अभियान निकै सह्रानीय रहेको भन्दै प्रशंसा व्यक्त गरे ।

    स्वास्थ्य नै धनलाई मध्यनजर गर्दै पहिले आफ्नो व्यक्तिगत स्वास्थ्यलाई ख्याल गर्दै अघि बढ्न सबैलाई सुझाव दिए । अभियानलाई जिल्लाव्यापी बनाउन रोटरी क्लब पनि सधैं साथमा रहेको उद्घोष गरे ।  चन्द्रौटाबाट अभियानको थालनी गरेको रोट्याकले उद्घाटनकै दिन पाँच सय थान मास्क वितरण गरेको क्लबका सचिव शिशिर पोख्रेलले जानकारी दिएका छन् । यस कार्यलाई निरन्तरता दिंदै अघि बढ्ने उनले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं