
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
काठमाडौं । आईसीयूको बेडबाट उठेर बस्न तथा हिँडडुल गर्न थालेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो शुक्रबार बिहान चिकित्सकसँग केही ठट्टासमेत गर्न भ्याए । स्वास्थ्यमा समस्या रहे पनि ओलीले विगतदेखि नै चिकित्सकसँग ठट्टा गर्दै आफू रोगसँग सहज किसिमले सामना गर्न सक्षम रहने बताउँदै आएका छन् । बेडबाट उठेर यताउता हिँड्न थालेपछि प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य परीक्षण गर्न आएका चिकित्सकसँग अब आफ्नो आयु १५ वर्ष थपिएको भन्दै ठट्टा गरे । उपचारमा संलग्न एक चिकित्सकले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सोचेभन्दा बढी सुधार हुँदै गएको बताए ।
उनले आफूलाई अझै १५-२० वर्ष केही नहुने भनेपछि चिकित्सकहरू मुस्कुराएका थिए । प्रधानमन्त्री ओलीले चिकित्सकसँग ठट्टाका क्रममा आफ्ना बावु मोहनप्रसाद ओलीलाई स्मरण गरेका थिए । ‘मिर्गौलाले काम गर्न थाल्यो अब मलाई १५-२० वर्ष केही हुँदैन’ ओलीले ठट्यौली शैलीमा चिकित्सकसँग भने ‘मेरा बा अहिले ९० वर्ष हुनुभयो अब म पनि त्यति नै वर्षसम्म बाँच्छु होला हैन ?’ प्रधानमन्त्री ओली हाल ६८ वर्षका छन् । राजधानी दैनिकमा यो खबर छ ।
प्रधानमन्त्री ओली हिँड्न थाले
प्रधानमन्त्री केपी शर्मा ओली हिँड्डुल गर्न थालेका छन् । बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई शुक्रबार तेस्रो दिन हिँडडुल गराउन र ठोस खानेकुरा दिन थालिएको छ ।मिर्गौला प्रत्यारोपण भएको तेस्रो दिन उनको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीले आफ्ना प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग मोबाइलमा कुरा गर्दै भने, ‘मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिट्टै काममा फर्किन्छु ।’ सो क्रममा प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले पहिलोपटक भेटेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । तर, चिकित्सकहरूले अन्य कसैलाई पनि भेट्न दिएका छैनन् । चिकित्सकका अनुसार शुक्रबारदेखि उनलाई हिँडडुल गराउन थालिएको छ । साथै प्रधानमन्त्री ओलीलाई ठोस आहार पनि दिन थालिएको छ ।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाका अनुसार प्रधानमन्त्रीको सबै भाइटल तथा ल्याब सूचकहरू पनि सामान्य अवस्थामा छन् । क्रमिक रूपमा सुधार हुँदै आए प्रधानमन्त्री ओलीलाई सोमबार अस्पतालबाट डिस्चार्ज गर्ने तयारी छ । यद्यपि, स्वास्थ्यमा उतार चढाव देखिए केही दिन लम्बिन सक्ने चिकित्सकले बताएका छन् । यस्तै, प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी उनकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि क्रमिक सुधार भएको छ । उनलाई पनि ठोस खानेकुरा दिन थालिएको अस्पतालले जनाएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया