SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२४ गते
    १९०४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । आईसीयूको बेडबाट उठेर बस्न तथा हिँडडुल गर्न थालेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो शुक्रबार बिहान चिकित्सकसँग केही ठट्टासमेत गर्न भ्याए । स्वास्थ्यमा समस्या रहे पनि ओलीले विगतदेखि नै चिकित्सकसँग ठट्टा गर्दै आफू रोगसँग सहज किसिमले सामना गर्न सक्षम रहने बताउँदै आएका छन् । बेडबाट उठेर यताउता हिँड्न थालेपछि प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य परीक्षण गर्न आएका चिकित्सकसँग अब आफ्नो आयु १५ वर्ष थपिएको भन्दै ठट्टा गरे । उपचारमा संलग्न एक चिकित्सकले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सोचेभन्दा बढी सुधार हुँदै गएको बताए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उनले आफूलाई अझै १५-२० वर्ष केही नहुने भनेपछि चिकित्सकहरू मुस्कुराएका थिए । प्रधानमन्त्री ओलीले चिकित्सकसँग ठट्टाका क्रममा आफ्ना बावु मोहनप्रसाद ओलीलाई स्मरण गरेका थिए । ‘मिर्गौलाले काम गर्न थाल्यो अब मलाई १५-२० वर्ष केही हुँदैन’ ओलीले ठट्यौली शैलीमा चिकित्सकसँग भने ‘मेरा बा अहिले ९० वर्ष हुनुभयो अब म पनि त्यति नै वर्षसम्म बाँच्छु होला हैन ?’ प्रधानमन्त्री ओली हाल ६८ वर्षका छन् । राजधानी दैनिकमा यो खबर छ ।

    प्रधानमन्त्री ओली हिँड्न थाले
    प्रधानमन्त्री केपी शर्मा ओली हिँड्डुल गर्न थालेका छन् । बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई शुक्रबार तेस्रो दिन हिँडडुल गराउन र ठोस खानेकुरा दिन थालिएको छ ।मिर्गौला प्रत्यारोपण भएको तेस्रो दिन उनको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीले आफ्ना प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँग मोबाइलमा कुरा गर्दै भने, ‘मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिट्टै काममा फर्किन्छु ।’ सो क्रममा प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले पहिलोपटक भेटेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । तर, चिकित्सकहरूले अन्य कसैलाई पनि भेट्न दिएका छैनन् । चिकित्सकका अनुसार शुक्रबारदेखि उनलाई हिँडडुल गराउन थालिएको छ । साथै प्रधानमन्त्री ओलीलाई ठोस आहार पनि दिन थालिएको छ ।

    शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाका अनुसार प्रधानमन्त्रीको सबै भाइटल तथा ल्याब सूचकहरू पनि सामान्य अवस्थामा छन् । क्रमिक रूपमा सुधार हुँदै आए प्रधानमन्त्री ओलीलाई सोमबार अस्पतालबाट डिस्चार्ज गर्ने तयारी छ । यद्यपि, स्वास्थ्यमा उतार चढाव देखिए केही दिन लम्बिन सक्ने चिकित्सकले बताएका छन् । यस्तै, प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी उनकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि क्रमिक सुधार भएको छ । उनलाई पनि ठोस खानेकुरा दिन थालिएको अस्पतालले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं