कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नेपालको छिमेकी देशहरु सहित विभिन्न देशमा फैलिरहेको कोरोनाको संक्रमणबाट जोगिन साबधानी अपनाउन नगरबासीहरुलाई आग्रह गरेको छ । कोरोना भाईरसको उच्च जोखिममा नेपाल रहेको भन्ने बिश्व स्वास्थ्य संगठनको अध्ययनलाई मध्यनजर गर्दै नगरपालिकाले सबै नगरबासीहरुलाई साबधानी अपनाउन आग्रह गरेको हो ।कोरोना भाईरसबाट बच्न स्वास्थ्यकर्मीहरुले दिईरहेका सुझाबहरुको अबलम्बन गर्दै होसियारी अपनाउन आग्रह गरिएको नगर प्रमुख रजत प्रताप शाह ले बताए ।
साथै बजारमा औषधीजन्य बस्तुहरुको अभाव र कालोबजारी हुने गरेको गुनासो बाहिरीएको भन्दै उपभोक्ता अधिकारमा बिषेश ध्यान दिन समेत औषधी व्यवसायीहरुलाई आग्रह गरेको छ । स्वास्थ्यकर्मीहरुले भनेका गतिबिधीहरु भेला, सम्मेलन, सभा तथा भिडभाड नगर्न र सहभागि नहुन समेत नगरबासीलाई अपिल गरेको छ ।
त्यसैगरी होली पर्वलाई पनि यसबर्ष संबेदनशिता सँग जोड्दै नखेल्न आग्रह गरेको छ । होली खेल्दा भिडभाड हुने, पानीले भिज्ने र रंगहरु दल्ने हुदा त्यसले यो अबस्थामा स्वास्थ्यलाई असर गर्ने देखिएको भन्दै सचेत गराएको छ । नगरवासिको स्वास्थ्य प्रति स्थानिय सरकार प्रतिबद्ध रहेको नगरपालिका ले जनाएको छ ।