SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२३ गते
    २१०२ &#२३४६;&#२३३५;&#२३२५;

    रियाद,– अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर ओरालो लागेको अवस्थामा साउदी अरेबियाका राजा सल्मानले अर्थमन्त्री मोहम्मद अल–टुवाइज्रीलाई पदबाट बर्खास्त गर्नु भएको छ । साउदी प्रेस एजेन्सीले अर्थ मन्त्रालयको कार्यभार वित्तमन्त्री मोहम्मद अल–जदानलाई दिइएको जनाएको छ । टुवाइज्रीलाई पदबाट बर्खास्त गरिए पनि मन्त्री सरहको शाही सल्लाहकार पदमा नियुक्त गरिएको छ । दश दिन पहिले साउदी राजाले तीन वटा नयाँ मन्त्रालयहरु पर्यटन, खेलकुद र लगानी सिर्जना गर्नु भएको थियो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    गत महिना पनि मन्त्रिपरिषद पुनर्गठन गर्दा पूर्व ऊर्जा मन्त्री खालिद अल–फालिहलाई लगानी मन्त्रीका रुपमा पुनर्नियुक्ती गरिएको थियो । गत सेप्टेम्बरमा फालिहलाई ऊर्जा मन्त्रालयबाट बर्खास्त गरिएको थियो ।

    विश्वमै सबैभन्दा बढी कच्चा तेल निर्यातक राष्ट्र साउदी अरेबिया अहिले राजकुमार मोहम्मद बिन सल्मानको महत्वाकाँक्षी भिजन २०३० सुधार कार्यक्रममा लगानी गर्न सङ्घर्षरत छ । तर नयाँ कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी भएसँगै तेलको मूल्यमा गिरावट आउन थालेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं