
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
गत बुधबार साँझ सचिवालय बैठक सकिएर सबै हिँडिसकेका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको निर्णयबारे जानकारी दिएलगत्तै अध्यक्ष केपी ओलीबाट फरक धारणा आयो । उता, कोटेश्वर नपुग्दै माधव नेपालको फोन बज्यो । ‘एकदमै जरुरी छ, तपाईं फर्कनुपर्ने भयो कमरेड,’ भनेपछि उनी फेरि बालुवाटार पुगे । प्रधानमन्त्री केपी ओलीले आग्रह गर्दै भने, ‘वामदेवलाई राष्ट्रियसभामा लैजान नसक्ने मेरा केही बाध्यता छन् । मैले युवराज खतिवडालाई दोहो(याउने भनेर बचन दिइसकेको छु, राष्ट्रपतिलाई पनि त्यो कुरा सुनाइसकेको छु । यसैमा मलाई साथ दिनु-यो ।’
तर, माधवले मानेनन् । उनले भने, ‘तपाईंले एक डेढ घण्टाअघि मेरो बाध्यता यो छ भन्न सक्नुहुन्थ्यो । हामी पनि बुझ्छौँ नि, के समस्या हुन्छ भन्ने । जेएन, म र प्रचण्ड गरी तीन जना प्रधानमन्त्री भइसकेका मान्छे त्यहीँ थियौँ त । प्रधानमन्त्रीले पार्टी नेतृत्व, व्यक्तिव्यक्ति र सरकारलाई सन्तुलनमा लिएर जानुपर्छ भन्ने कुरा त हिजो हामीले फेस गरेरै आएको हो नि । त्यही परिस्थिति आज तपाईंमाथि आइपरेको हुनसक्छ । यदि त्यस्तो भनिदिनुभएको भए कतै वामदेवले नै भैगो त म जान्न भन्न सक्नुहुन्थ्यो होला ।’
प्रमले भने, ‘तर, यो निर्णय म कार्यान्वयन गर्न सक्दिनँ ।’ माधवले आश्चर्य मान्दै भने, ‘निर्णय भइसकेपछि मान्दिनँ भन्न पाइँदैन । तपाईं विश्वस्त हुनुस्, जे भए पनि सरकार तलमाथि हुँदैन ।’ ‘यदि सरकार तलमाथि हुने थियो भने उहिल्यै भइसक्थ्यो । किनभने, यसबीच के कस्ता अफर आए, कताकताबाट, कस्ता कस्ता चलखेल भए । मेरै हकमा पनि कस्ता कस्ता प्रस्ताव आए ? तपाईंलाई थाहै छ तर म कहिल्यै त्यतातिर लागिनँ । अहिले तपाईंको सरकारमाथि कतैबाट केही हुन नदिने कुराको जिम्मा हामी नै लिन्छौँ । हामीसँगै तपाईं किन आत्तिनुहुन्छ ?,’ माधवले थपे ।
यतिभन्दा पनि प्रधानमन्त्रीले उही कुरा दोरो(याए । ‘वामदेवलाई संविधान संशोधनको जिद्धिबाट पछाडि हटाएर मैले नै मध्यमार्गी बाटोमा ल्याएको हुँ । यति भएपछि उहाँ राष्ट्रियसभामा जान तयार छु भन्ने ठाउँमा पुग्नुभएको हो । अब त्यहाँ पनि रोक्न खोजियो भने मनपरी शुरु भयो भनेर बुझ्दा हुन्छ,’ त्यसपछि माधवले ओलीलाई चेतावनी दिए । जनआस्था साप्ताहिकबाट


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया