SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२१ गते
    १५०४ &#२३४६;&#२३३५;&#२३२५;

    गत बुधबार साँझ सचिवालय बैठक सकिएर सबै हिँडिसकेका थिए ।  प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको निर्णयबारे जानकारी दिएलगत्तै अध्यक्ष केपी ओलीबाट फरक धारणा आयो । उता, कोटेश्वर नपुग्दै माधव नेपालको फोन बज्यो । ‘एकदमै जरुरी छ, तपाईं फर्कनुपर्ने भयो कमरेड,’ भनेपछि उनी फेरि बालुवाटार पुगे । प्रधानमन्त्री केपी ओलीले आग्रह गर्दै भने, ‘वामदेवलाई राष्ट्रियसभामा लैजान नसक्ने मेरा केही बाध्यता छन् । मैले युवराज खतिवडालाई दोहो(याउने भनेर बचन दिइसकेको छु, राष्ट्रपतिलाई पनि त्यो कुरा सुनाइसकेको छु । यसैमा मलाई साथ दिनु-यो ।’

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    तर, माधवले मानेनन् । उनले भने, ‘तपाईंले एक डेढ घण्टाअघि मेरो बाध्यता यो छ भन्न सक्नुहुन्थ्यो । हामी पनि बुझ्छौँ नि, के समस्या हुन्छ भन्ने । जेएन, म र प्रचण्ड गरी तीन जना प्रधानमन्त्री भइसकेका मान्छे त्यहीँ थियौँ त । प्रधानमन्त्रीले पार्टी नेतृत्व, व्यक्तिव्यक्ति र सरकारलाई सन्तुलनमा लिएर जानुपर्छ भन्ने कुरा त हिजो हामीले फेस गरेरै आएको हो नि । त्यही परिस्थिति आज तपाईंमाथि आइपरेको हुनसक्छ । यदि त्यस्तो भनिदिनुभएको भए कतै वामदेवले नै भैगो त म जान्न भन्न सक्नुहुन्थ्यो होला ।’

    प्रमले भने, ‘तर, यो निर्णय म कार्यान्वयन गर्न सक्दिनँ ।’ माधवले आश्चर्य मान्दै भने, ‘निर्णय भइसकेपछि मान्दिनँ भन्न पाइँदैन । तपाईं विश्वस्त हुनुस्, जे भए पनि सरकार तलमाथि हुँदैन ।’ ‘यदि सरकार तलमाथि हुने थियो भने उहिल्यै भइसक्थ्यो । किनभने, यसबीच के कस्ता अफर आए, कताकताबाट, कस्ता कस्ता चलखेल भए । मेरै हकमा पनि कस्ता कस्ता प्रस्ताव आए ? तपाईंलाई थाहै छ तर म कहिल्यै त्यतातिर लागिनँ । अहिले तपाईंको सरकारमाथि कतैबाट केही हुन नदिने कुराको जिम्मा हामी नै लिन्छौँ । हामीसँगै तपाईं किन आत्तिनुहुन्छ ?,’ माधवले थपे ।

    यतिभन्दा पनि प्रधानमन्त्रीले उही कुरा दोरो(याए । ‘वामदेवलाई संविधान संशोधनको जिद्धिबाट पछाडि हटाएर मैले नै मध्यमार्गी बाटोमा ल्याएको हुँ । यति भएपछि उहाँ राष्ट्रियसभामा जान तयार छु भन्ने ठाउँमा पुग्नुभएको हो । अब त्यहाँ पनि रोक्न खोजियो भने मनपरी शुरु भयो भनेर बुझ्दा हुन्छ,’ त्यसपछि माधवले ओलीलाई चेतावनी दिए । जनआस्था साप्ताहिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं