
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइतेकाठमाडौ । आउँने शुक्रबार हिन्दुहरुका लागि महत्वपुर्ण रहेको छ । हिन्दू पञ्चाङ्ग अनुसार महिनाको दुई पटक आउने एघारौं तिथिलाई एकादशी भनिन्छ । फाल्गुन शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भनिन्छ । आमलकी भन्नाले अमला नाम गरेको जंगली वनस्पतिलाई जनाउँदछ ।
आमलकी एकादशीका दिन अमलाको वृक्षलाई भगवान् बिष्णुको रुप सम्झेर पूजा गर्ने गरिन्छ । त्यहि भएर हिन्दू परम्परामा आमलकी एकादशीको पनि अन्य एकादशीझैं विशेष महत्वपुर्ण रहेको छ । बिष्णु पुराणमा उल्लेख भए अनुसार भगवान् बिष्णुले थुक्ने क्रममा उहाँको दिव्य मुखभित्रबाट चन्द्रमाझैं देखिने एउटा आकृति प्रकट भएको थियो । उक्त चन्द्रबिन्दु आकाशलोक हुँदै पृथ्वीमा झर्यो ।
पृथ्वीमा झरेको उक्त वस्तु बिज छेदन भई आमलक अर्थात अमलाको बिरुवाका रुपमा पलायो र पछि रुखको रुप धारण भयो भन्ने विश्वास रहँदै आएको छ । त्यहि बेलादेखि अमलालाई बिष्णु अवतार सम्झिएर धार्मिक कार्यमा समेत चलाउने गरी पवित्र फलका रुपमा मान्य गरियो । यहि कारण पूजा लगायत धार्मिक कार्यमा अमलाको पात, हाँगा र फललाई प्रयोग गरिंदै आइएको छ ।
पवित्र फल अमलालाई जटिबुटी दवाईका रुपमा समेत प्रयोग गरिन्छ । आयुर्वेदमा त्रिफला मध्येको एउटा महत्वपूर्ण फल अमला पनि हो । यसको नियमित सेवनले शरिरका धेरै विकारहरु नाश हुने भनाई छ । यसको स्वाद अमिलो हुने भएकोले पनि नाम अमला राखिएको जनविश्वास छ ।
अर्को तर्फ आमलकी एकादशी व्रतको प्रभावले समस्त पापहरु नाश हुने धार्मिक विश्वास रहेको छ । यस एकादशी व्रत गर्नाले एकसय गाई दान गरेसरह फल प्राप्त हुने बताइएको छ । भगवान् श्री बिष्णुको मुखबाट उत्पति भएको अमलाको रुखको पूजा गर्नाले विशेष धार्मिक फल प्राप्त हुने धार्मिक मान्यता छ । विभिन्न कारणले आमलकी एकादशीको व्रत बस्न नसकेका व्यक्तिहरुले यस एकादशीको स्मरण मात्रै गरे पनि पुण्य प्राप्त हुने जन विश्वास रहेको छ ।
भगवान् बिष्णुलाई समेत अत्याधिक प्रिय लाग्ने अमला खाँदा तीन गुणा धेरै शुभ फल प्राप्ति हुने शास्त्रिय भनाई छ । खासमा स्वर्ग र मोक्ष फलका लागि आमलकी एकादशीको व्रत बस्नु उचित मानिन्छ । आमलकी एकादशीको व्रत लिनेले सवेरै स्नान गरी भगवान् बिष्णुको मुर्ति तयार पारी हातमा तिल, कुश र पैसाले पानी समातेर संकल्प गर्ने गर्नुपर्दछ ।
यो सब गरेपछि अमलाको बोटको वरिपरि सफा सुग्धर गरी गाईको गोबरले लिपेर शुद्ध पारी अमला बृक्षको पूजा गर्नु पर्दछ । त्यसरी पूजागर्दा अमलाको रुखको जरा छुनेगरी वेदी बनाउनु पर्दछ र त्यहाँ कलश स्थापना गर्नुपर्दछ । उक्त कलशमा सुगन्ध तथा पञ्चरत्नहरु समेत राख्ने गरिन्छ । कतिपयले भगवान् बिष्णुको छैठौं अवतार पर्शुरामको प्रतिमा पनि स्थापना गर्दछन् । यसोगर्दा बिष्णु प्रसन्न भई मोक्ष प्राप्तिको बाटो खुल्छ भन्ने विश्वास रहेको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया