SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१९ गते
    १६७५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । आउँने शुक्रबार हिन्दुहरुका लागि महत्वपुर्ण रहेको छ । हिन्दू पञ्चाङ्ग अनुसार महिनाको दुई पटक आउने एघारौं तिथिलाई एकादशी भनिन्छ । फाल्गुन शुक्ल पक्षमा पर्ने एकादशीलाई आमलकी एकादशी भनिन्छ । आमलकी भन्नाले अमला नाम गरेको जंगली वनस्पतिलाई जनाउँदछ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    आमलकी एकादशीका दिन अमलाको वृक्षलाई भगवान् बिष्णुको रुप सम्झेर पूजा गर्ने गरिन्छ । त्यहि भएर हिन्दू परम्परामा आमलकी एकादशीको पनि अन्य एकादशीझैं विशेष महत्वपुर्ण रहेको छ । बिष्णु पुराणमा उल्लेख भए अनुसार भगवान् बिष्णुले थुक्ने क्रममा उहाँको दिव्य मुखभित्रबाट चन्द्रमाझैं देखिने एउटा आकृति प्रकट भएको थियो । उक्त चन्द्रबिन्दु आकाशलोक हुँदै पृथ्वीमा झर्यो ।

    पृथ्वीमा झरेको उक्त वस्तु बिज छेदन भई आमलक अर्थात अमलाको बिरुवाका रुपमा पलायो र पछि रुखको रुप धारण भयो भन्ने विश्वास रहँदै आएको छ । त्यहि बेलादेखि अमलालाई बिष्णु अवतार सम्झिएर धार्मिक कार्यमा समेत चलाउने गरी पवित्र फलका रुपमा मान्य गरियो । यहि कारण पूजा लगायत धार्मिक कार्यमा अमलाको पात, हाँगा र फललाई प्रयोग गरिंदै आइएको छ ।

    पवित्र फल अमलालाई जटिबुटी दवाईका रुपमा समेत प्रयोग गरिन्छ । आयुर्वेदमा त्रिफला मध्येको एउटा महत्वपूर्ण फल अमला पनि हो । यसको नियमित सेवनले शरिरका धेरै विकारहरु नाश हुने भनाई छ । यसको स्वाद अमिलो हुने भएकोले पनि नाम अमला राखिएको जनविश्वास छ ।

    अर्को तर्फ आमलकी एकादशी व्रतको प्रभावले समस्त पापहरु नाश हुने धार्मिक विश्वास रहेको छ । यस एकादशी व्रत गर्नाले एकसय गाई दान गरेसरह फल प्राप्त हुने बताइएको छ । भगवान् श्री बिष्णुको मुखबाट उत्पति भएको अमलाको रुखको पूजा गर्नाले विशेष धार्मिक फल प्राप्त हुने धार्मिक मान्यता छ । विभिन्न कारणले आमलकी एकादशीको व्रत बस्न नसकेका व्यक्तिहरुले यस एकादशीको स्मरण मात्रै गरे पनि पुण्य प्राप्त हुने जन विश्वास रहेको छ ।

    भगवान् बिष्णुलाई समेत अत्याधिक प्रिय लाग्ने अमला खाँदा तीन गुणा धेरै शुभ फल प्राप्ति हुने शास्त्रिय भनाई छ । खासमा स्वर्ग र मोक्ष फलका लागि आमलकी एकादशीको व्रत बस्नु उचित मानिन्छ । आमलकी एकादशीको व्रत लिनेले सवेरै स्नान गरी भगवान् बिष्णुको मुर्ति तयार पारी हातमा तिल, कुश र पैसाले पानी समातेर संकल्प गर्ने गर्नुपर्दछ ।

    यो सब गरेपछि अमलाको बोटको वरिपरि सफा सुग्धर गरी गाईको गोबरले लिपेर शुद्ध पारी अमला बृक्षको पूजा गर्नु पर्दछ । त्यसरी पूजागर्दा अमलाको रुखको जरा छुनेगरी वेदी बनाउनु पर्दछ र त्यहाँ कलश स्थापना गर्नुपर्दछ । उक्त कलशमा सुगन्ध तथा पञ्चरत्नहरु समेत राख्ने गरिन्छ । कतिपयले भगवान् बिष्णुको छैठौं अवतार पर्शुरामको प्रतिमा पनि स्थापना गर्दछन् । यसोगर्दा बिष्णु प्रसन्न भई मोक्ष प्राप्तिको बाटो खुल्छ भन्ने विश्वास रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं