SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१६ गते
    ११५५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं : राजधानीको नरेफाँटस्थित लालीगुराँस बाटिका माध्यमिक विद्यालयले आफ्नो १४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। शुक्रबार विद्यालयकै प्राङ्गणमा विद्यालमा शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलको प्रमुख आत्थ्यितामा कार्यक्रम गरिएको हो।वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको पहिलो दिन शुक्रबार विद्यालयको प्ले ग्रुपदेखि कक्षा ४ सम्मका विद्यार्थीहरुले विविध सांस्कृति कार्यक्रम प्रस्तुत गरे।

    साना नानीबाबुले गायत्री मन्त्रदेखि हनुमान चालिसा वाचन गरेनन् मात्रै नृत्य पनि गरेर अभिभावको मन जिते। कलिला बालबालिकाले मोबाइलको धेरै प्रयोगले मानिसमा गम्भीर असर पर्ने जस्ता सन्देशमुलक नाटक पनि प्रस्तुत गरे।विद्यालयका प्राचार्य हरि शिवाकोटीका अनुसार विद्यार्थीलाई पुस्तकको मात्रै बोझ बोकाउने भन्दा व्यवहारिक र नैतिक शिक्षा पनि दिने उद्धेश्य लिइएको बताए ।

    ‘विद्यालयको त्यही उद्धेश्यको झल्को दिने गरी साना नानीबाबुले संस्कृतका श्लोकसमेत वाचन गरे, त्यही धुनमा नृत्य पनि गरे’, उनले भने, ‘किताबी ज्ञानसँगै उनीहरु नैतिक रुपमा पनि अब्बल बनुन् भन्ने हाम्रो सपना हो। सानैबाट समाज र देशका लागि केही गर्न सक्ने लक्ष्य लिन नानीबाबुलाई प्रेरित गरिरहेका छौँ।’प्ले ग्रुपदेखि १२ कक्षासम्म पढाई हुने यो विद्यालयमा यही वर्षदेखि एसईईको परीक्षा केन्द्र पनि राखिने जानकारी जिशिअ पौडेलले कार्यक्रममा सम्बोधन गर्दै दिएका छन्।

    शनिबार दोस्रो दिन कक्षा ५ देखि १२ सम्मका विद्यार्थीहरुले विविध सांस्कृति प्रस्तुति दिने कार्यक्रम छ। आजको उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृट विद्यार्थीलाई पुरस्कृत गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं