SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/१४ गते
    १२९४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेपालमा २०५२ सालमा शुरु भएकाे जनयुद्धको एक जना याेद्वा तथा पर्वतका तात्कालिक माअाेवादी नेता कृष्ण गाैतमकाे स्मृतिमा निर्माण भएकाे सहिद स्मृति प्रतिष्ठानले अाफ्नाे लागि जग्गा पाएकाे छ ।

    २०६१ साल मँसिर १७ गते गाैतम सहितका माअाेवादी नेताहरु खड्क कुवर, कुबिजा पराजुली, बिजय सुवेदी, माेहन गाहा मगरलाई स्याङ्जाको सिर्सिकाेटमा तत्कालीन शाहि नेपाली सेनाले बर्बताकाे साथ सामुहिक हत्या गरेकाे थियाे ।

    उनिहरुकाे स्मृतिमा निर्माण भएकाे कृष्ण गाैतम स्मृति प्रतिष्ठानले बुधबार मात्रै अाफ्नै नाममा जग्गा पाएकाे छ । पर्वत जिल्ला पैयु गाउँ पालिकाका स्थानीय जित प्रसाद श्रेष्ठ, दानकाजी श्रेष्ठ, दान प्रसाद श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, कासिराम गाैतम, खिम बहादुर नेपाली र केशर बहादुर नेपालीले जग्गा दान गर्नु भएकाे हाे ।

    उहाहरु सबैले दान गरेकाे जग्गा १ राेपनी ६ अाना रहेकाे प्रतिष्ठानका अध्यक्ष रेशमलाल सापकाेटाले जानकारी दिनु भयाे । उहाका अनुसार दक्षिण पर्वतकाे एेतिहासिक स्थान हटिया बजारकाे छेउमा उक्त जग्गा रहेकाे छ ।

    अाज फाल्गुन १४ गते अर्थात जनयुद्धका पहिलाे सहिद दिल बहादुर रम्तेलकाे स्मृतिका दिनकाे अबसरमा जग्गा सँस्थाकाे नाममा नामसारि गरिएको प्रतिष्ठानका काेषाध्यक्ष तथा जग्गादाता कृष्ण प्रसाद श्रेष्ठले बताउनु भयाे ।

    प्रतिष्ठानलाई जग्गा दिलाउनकाे लागि स्थानीय राजनैनिक दलका नेताहरु, समाजसेवीहरु, विभिन्न निकायमा कृयाशिल रहेका अाम नागरिकहरुकाे पहल रहेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं