
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
निर्मल पौडेल पर्वत ।
पर्वत सदरमुकाम कुस्मा स्थित शिवालय वहुमुखी क्याम्पसको नवौँ वार्षिकोत्सव तथा छैटौँ साधारण सभा भव्यरुपमा सम्पन्न भएको छ । आईतवार विधालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको हो । वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी तथा जिल्ला समन्वय समिती पर्वतका संयोजक मनोहर वि पौडेलले उच्च शिक्षामा राज्यले विशेष ध्यान पु¥याउनु पर्ने वताए। देश लाई आवश्यक पर्ने जनशक्ति उच्च शिक्षा वाट नै उत्पादन हुने भन्दै उच्च तहमा प्राविधिक तथा वैज्ञानिक शिक्षामा राज्यले उच्च लगानी गर्नुपर्नेमा जोड दिए।
पैडेलले त्रिभुवन विश्व विधालय अन्र्तगतका क्याम्पसहरु मुश्किलका वावजुत पनि सञ्चालन गर्नुपर्ने वाध्यता विद्दमान रहेको भन्दै राज्यले अन्य क्षेत्रहरुमा जस्तै शिक्षा क्षेत्रमा पनि लगानी वढाउनुपर्ने वताए । कार्यक्रममा विशिष्ट अतिथी तथा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सैद्धान्तिक शिक्षा भन्दा व्यवहारिक शिक्षा लाई प्राथामिकता दिन सक्नुपर्ने भन्दै राज्यले समग्र शिक्षा नीतिमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिइन् । नेपालले शिक्षानै देश विकासको मेरुदण्ड हुने भन्दै दीर्घकालिन योजनाका साथ शैक्षिक नीति निर्माणमा परिवर्तन हुनुपर्ने वताइन् ।
कार्यक्रममा क्याम्पस प्रमुख कमलनाथ शर्माले कुल रु १ करोड ३४ लाख ७५ हजार २ सय २ रुपैयाँ वारावरको आर्थिक प्रतिवेदन संगै शैक्षिक,भौतिक तथा प्रगती प्रतिवेदन पेश गर्दै शैक्षिक गुणस्तरीयता वढाउन शिक्षक विधार्थी अभिभावक संगै सरोकारवाला निकायले गम्भिर ध्यान दिनुपर्ने वताए । समापन कार्यक्रममा वोल्दै क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष विष्णु नेवारले गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने मुख्य नाराका साथ शिक्षा लाई अगाडी वढाईएको भन्दै वर्तमान अवस्थामा राज्यमा राजनैतिक परिवर्तन संगै राज्य तिन तहमा विभाजन भएपनी शिक्षामा परिवर्तन हुन नसकेकोमा चिन्ता व्यक्त गरे । राज्य तिन तहमा सरकार वनेपनि राज्यको तर्फवाट शिक्षा लाई कसरी अगाडी वढाउने र कुन सरकारले अगाडी वढाउने निक्र्लोर नभएको भन्दै यो समस्या लाई छिट्टै हल गर्नुपर्ने वताए ।
कार्यक्रममा नगर शिक्षा समितीको तर्फवाट चित्रकला भारती,सञ्चालक समितीको तर्फवाट तोयानाथ चालिसे,गुप्तेश्वर वहुमुखी क्याम्पसका अध्यक्ष सुन्दरप्रसाद जोशी,संस्थापक क्याम्पस प्रमुख डाक्टर चुडामणी शर्मा,संस्थापक अध्यक्ष इश्वर गिरी,नि वर्तमान अध्यक्ष गोविन्द पहाडी, विधार्थीको तर्फवाट विपना सापकोटा र सम्मानित विधार्थी सुर्य सुवेदी, लगायतले वोलेका थिए । कार्यक्रमा वोल्ने वक्ताहरुले शिक्षा निजि र सामुदायिक तवरवाट सञ्चालन हुनुले एकरुपकता हुन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न संकायमा उत्कृष्ट हुने विधार्थी लाई पुरस्कार मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । विधार्थीहरुले विभिन्न साँस्कृतिक तथा खेलकुद कार्यक्रमको आयोजना गरी सम्पन्न भएको कार्यक्रममा नेकपा कुस्मा नगर कमिटी अध्यक्ष शंकर गिरी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनीधि, क्याम्पस व्यवस्थापन समितीका सल्लाहकार,सदस्यहरु, शिक्षा प्रेमी ,सामाजिक तथा वौद्धिक व्याक्तित्व हरुको समेत सहभागिता रहेको थियो ।
क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष विष्णु नेवारको अध्यक्षता,जिल्ला समन्वय समिती पर्वतका संयोजक मनोहर वि पौडेलको प्रमुख आतिथ्यता,निवर्तमान अध्यक्ष गोविन्द पहाडीको धन्यवाद मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन प्रध्यापक लेखनाथ उपाध्ययले गरेका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रतिक्रिया