SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/८ गते
    १३५८ &#२३४६;&#२३३५;&#२३२५;

    दिपसागर पौडेल पर्वत । झन्डै एकबर्ष पछि पुनः निरन्तर रूपमा पानी सुचारु भएपछि खरेहाका स्थानीय बासिन्दा खुशी भएका छ्न । कुश्मा नगरपालिका ७ खरेहा स्थित रहेको पानीको मुहान गत बर्षको बैशाख देखि सुख्खा रहि अहिले फागुन सम्म आइपुग्दा पानी सुचारु भएपछि स्थानीय खुशी भएका हुन

    परम्परागत धार्मिक दृस्टीले पानीको मुहान माथीपट्टी नाग झाक्री र शिब भगवानको मन्दीर अबस्थित छ । बर्तमान समयको परिवेश सँगै नाग देउता प्रतिको आस्था र बिश्वासको जनचेतना मानिसमा कम हुँदै गएको र उक्त नाग देवताको वैदिक पुजा आर्चनमा पनि केही कुराहरू कमि कमजोरी हुन सक्ने र विभिन्न ठाउँबाट नुहाउन आउने मानिसहरुले फोहोर मैलाको कारण नाग झाक्री देउता प्रशन्न नभएको कारण पानीको मुहान दबिएको हुन सक्ने धारा मुल संरक्षण तथा ब्यबस्थापन समितिका अध्यक्ष खेमनाथ शर्माले बताए शर्माले धेरै ठाउँमा खोज मुलक र अनुसन्धान गर्दा वैदिक परम्परागत र शंस्कार विधि अनुसारको झाँक राखेर खोजी गर्न सकेमा मात्रै पानीको मुहान पहिले जसरी नै बढ्न सक्ने विषयमा आफुहरु धेरै ठाउँमा खोजी कार्य गरेको बताउछ्न ।

    बिहिवार स्थानीय सामाजिक ब्यक्तिहरुले आ(आफ्ना हाते औजारहरु प्रयोग गरि पहिलेको संरचनालाई भत्काएर केही गहिरो सम्मको सतहबाट ढुङ्गा र हिलाम्मे माटोलाई निकाल्ने काम भएपछि उक्त धाराहरुमा पानीको गति सुचारु भएको सोही शंस्थाका सचीव कृष्ण गिरिले बताउछ्न ।

    गिरिले स्थानीयहरुको जन सहभागिता भइ धारा देखि मुहान सम्मको कार्यमा अघि बढ्न सकेमा पानीको स्रोत अझै बढ्न सक्ने बताउँछन् । स्थानीय बिष्णु रिमाल , नारायण गिरि , बलराम गिरि , रामकृष्ण गिरि , बुद्धि श्रेष्ठ र लालबहादुर श्रेष्ठको अगुवाइमा हाते औजार प्रयोग गरि खनखान गरि पहिलाको संरचनालाई भत्काएर हेर्दा पानी अन्तै दबिएर गएको हुन सक्ने बताए ।

    स्थानीय सरकारको सहयोगबाट पनि पानीको स्रोतलाई कसरी बढाउन सकिन्छ र संरक्षण र ब्यबस्थापनमा छिटोभन्दा छिटो लागेर पहिले जस्तै पानी सुचारु गर्नमा आफुहरु तयार रहेको वडा अध्यक्ष सुवास चन्द्र पौडेलले बताए । खरेहाकै सम्पत्तिको रूपमा रहेकोे यस पानीको कारण हामी स्थानीयबासी मर्दा पर्दा आफ्नो परम्परागत रिति संस्कार अनुसारको कार्य गर्न यहाँ आउन धेरै सहज हुने भएकोले अब हामी सबै स्थानीयहरु एक जुट भइ पानी र मुहानको संरक्षणमा लाग्नु पर्ने भड्खोरे सामुदायिक बनका अध्यक्ष तेज गिरि कान्छाले बताउछन् ।

    कोठा कोठा गरि करिब पाँच वटा धाराहरु रहेको यो मुहानमा अहिले तिनवटा धाराहरुमा पहिले जसरी नै पानी सुचारु भएकोमा स्थानीय खुशी रहेका छ्न यसको संरक्षण ब्यबस्थापन र बिकासको लागि अगाडि बड्नु पर्नेमा सबैमा ध्यान र चासोको विषय रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं