काठमाण्डौं । कुलमान घिसिङमा नेपालमा उज्यालोको देउता मानिन्छन् । उनी बिधुत प्राधिकरण प्रबन्धक निर्देशक नियुक्त भए पछि नेपालले बिधुत क्ष्ाेत्रमा उल्लेख्य रुपमा प्रगति गरेको छ ।उनले घाटा रहेको प्राधिकरणलाई नाफामा लागेका छ्न । तार पोलको कारण दुर्घटना बढे पछि , दुर्घटनाको जोखिम न्यूनिकरण गर्न प्राधिकरणले विद्युत वितरण तारलाई भूमिगत गर्न लागी परेको हो ।
कुलमान घिसिङले राजधानीलाई तार रहित राजधानी राजधानी बनाउन लागी परेका छ्न । विद्युत वितरण प्रणालीलाई भूमिगत रहने गारी कामको थालनी भएको छ । ३२ महिनाभित्र महाराजगञ्ज र मध्यक्षेत्र रत्नपार्क वितरण केन्द्रको तार भूमिगत गरिसक्ने योजना रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जबाट विद्युत वितरण तार भूमिगत गर्ने कामको उद्घाटन गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । विद्युत प्राधिकरणले सडक विभागसँगको समन्वयमा तार भूमिगत गर्न लागेको हो । तार भूमिगत गर्न प्राधिकरणले सडक प्रयोग गर्ने र त्यसलाई पुर्नस्थापनासमेत गर्ने गरी समझदारी भई काम गर्न लागिएको विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणलाई पहिलो चरणमा ५ देखि ७ किलोमिटरमा मात्रै काम गर्न अनुमति दिइएको छ ।
काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्ग लगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा बालुवाटार, गोंगबु, सामाखुसी लगायतका महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्रमा विद्युत वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको बताइएको छ । उनले ९ अर्ब नाफा दिलाएका छ्न ।