सम्राट जिसी, रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )का प्रभावशाली नेता देव गुरुङले केपी शर्मा ओलि नेतृत्वमा रहेको सरकारको दुई वर्षे कार्यकाल प्रसंशा भन्दा आलोचना धेरै भइरहेको बताए । सार्वजनिक कार्यक्रममै नेकपा नेताबाटै असन्तुष्टिहरु आउन थालेको देव गुरुङले बताए । त्यस्तै देव गुरुङले संघीयता कार्यान्वयन लागि संविधान संशोधन गर्नु पर्न बताएका छन ।
गुरुङले अहिलेको संविधान केहि त्रृटीपूर्ण रहेको बताए । तेस्तै संविधानलाई ‘सम्झौताको डकुमेन्ट’ को संज्ञा दिए। तर उपयुक्त समयमा सबै दलहरुको सहमति जुटाएर संविधान संशोधन भएन भने संघीयता कार्यान्वयनमा समस्या हुने उनले बताए। देव गुरुङले सरकारको ध्यान विकास निर्माणमा र समृद्धि समाज निर्माणमा केन्द्रित भएका कारण संघीयता कार्यान्वयनमा केही समस्या देखिएको बताए ।